Smriti Pokhrel 1

काठमाडौ। अष्ट्रेलियामा रहेकी नेपाली हट पप स्टार गायिका स्मृति पोखरेलको आयोजनामा दुबईमा भव्य तथा सभ्य स्मृति लाइभ कन्सर्ट हुने भएको छ। गायिका पोखरेलको आयोजना तथा इभेन्ट म्यानेजमेन्टमा हुन गैरहेको उक्त लाइभ कन्सर्ट निक्कै नै ग्रान्ड हुने बताइएको छ।

नयां बर्ष २०१६ को जनवरी ८ मा दुबईको फाइभ स्टार होटलमा हुने स्मृति लाइभ कन्सर्टको तयारी करिब करिब अन्तिम चरणमा पुगेको गायिका पोखरेलले अष्ट्रेलियाबाट भिजन संसारसंग कुराकानी गर्दै नेपाली लेडीको आयोजना तथा इभेन्ट म्यानेजमेन्टमा हुन गैरहेको ग्रान्ड प्रोग्राम नै भएको दावी गरेकी छन्।

यस कार्यक्रमका लागि नेपालबाट पप स्टार अनिल सिंह, गायक कमल खत्री, भिजे सुशील नेपाल लगायत दुबई आउने भएका छन्। आशिष पुरुष, हाउडे एण्ड आरोन लगायतका कलाकारहरुको पनि लाइभ कन्सर्टमा विशेष प्रस्तुति रहने भएको छ।

Smriti Pokhrel concert 2

दुबईको सफलता पश्चात गायिका पोखरेलले जापानमा पनि लाइभ कन्सर्ट गर्ने भएकी छन्। अघिल्लो बर्ष सबर स्मृति नामक गीति एल्वम निकालेकी उनले यो बर्ष जनवरीको तेश्रो सातातिर नेपाल आएर दोश्रो एल्वम निकाल्ने पनि भएकी छन्।

अष्ट्रेलियामा राम्रो पहिचान राख्न सफल गायिका पोखरेल महाभूकम्पको बेलामा नेपाल आएर भूकम्प पीडितहरुलाई विशेष राहत वितरण गर्ने कार्यमा पनि सहयोगी बनेकी थिइन्। स्मृति लाइभ कन्सर्ट मार्फत विभिन्न देश–देशावरमा नेपाल र नेपालीको शान तथा मर्यादाको पहिचान प्रस्तुत गर्नमा आफू कदापि पछि नपर्ने जिकिर समेत उनले गरेकी छन्।

प्रकाशन मिति–२०७२ साल मंसिर २० गते आइतबार ।