काठमाडौ। नायिका झरना थापा निर्मित तथा निर्देशित चलचित्र ए मेरो हजुर–२ को अष्ट्रेलियामा भव्य प्रिमियर भएको छ। शनिवार भएको प्रिमियरमा त्यहाँ स्थित नेपालीहरुको भीड लागेको जनाइएको छ।

फिल्म प्रिमियरमा चलचित्र निर्देशक झरना थापाको भन्दा पनि उक्त चलचित्र ए मेरो हजुर–२ की नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको व्यापक आकर्षण बढ्ेको बताइएको छ। विशेषगरेर साम्राज्ञीले लगाएको बेग्लैपाराको पहिरनको कारण पनि उनको त्यहाँ चर्चा चलेको हो।

अष्ट्रेलियाको इभेन्ट सिनेमामा आयोजना गरिएको प्रिमियरमा फिल्मलाई दर्शकबाट उत्कृष्ट भनेको निर्देशक समेत रहेकी नायिका झरना थापाले भनेकी छन्।

ए मेरो हजुर २ मा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय रहेको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर १० गते आइतवार ।