Jatra_pnpकाठमाडौ। नेपालका चर्चित हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको छत्रछायाँमा लामो समयदेखि कार्य गर्दैआएका मह सञ्चारका प्रमुख सहायक निर्देशक प्रदीप भट्टराईको निर्देशनमा चलचित्र जात्रा निर्माण हुने भएको छ।

चलचित्र जात्राको काठमाडौको असनमा महकै प्रमुख आतिथ्यमा आइतवार शुभसाइत भएको छ। असनका तीनजना पसले व्यापारीको फरक कथामा आधारित चलचित्र जात्राको निर्माता रविन्द्रसिंह बानियाँ रहेका छन्।

चलचित्रमा निर्माता बाँनियाका साथमा विपिन कार्की, रविन्द्र झा, बर्षा राउत, प्रेक्षा बज्राचार्य, प्रकाश घिमिरे, प्रविण खतिवडा, कमलमणि नेपाल, सुस्मिता कार्की लगायतका कलाकारहरुको अभिनय रहने भएको छ। यस चलचित्रको छायाँकन पनि असनका गल्लीहरुवाटै गरिएको छ।
प्रकाशन मिति–२०७३ साल असार ६ गते सोमवार ।