काठमाडौं। योग तथा ध्यानले मनलाई अत्यन्त सुन्दर वनाउने गर्दछ। त्यसमाथि, योग तथा ध्यानले विभिन्न रोगको निदान पनि गर्ने गर्दछ। विभिन्न योगासान तथा ध्यानले मन तथा शरीरलाई स्वतःस्फूर्त वनाउने कार्यमा समेत धेरै मदत गर्ने गर्दछ।

यही कठिन भन्दा कठिन योग तथा ध्यान गर्ने कार्यमा अग्रपंक्तीमा रहेकी सौन्दर्यविद लक्ष्मी थापाले शनिवार बर्षादको बेला झरनाको पानीमा योगासान गरेर नविनता थपेकी छन्। हरेक कार्यमा नविनता ल्याउंदै गरेकी सौन्दर्यविज्ञ थापावाट सौन्दर्य तथा प्रसाधनकको क्षेत्रमा विलकुलै नौलो कार्य गरेजस्तै योगासन तथा ध्यानमा पनि नविनता ल्याउने कार्य भएको हो ।

असारे बर्षाको बेला काठमाडौंको सुन्दरीजल स्थित झरनाको मुहानेर पुगेर कठिन भन्दा कठिन योगासन गरेकी छन्। चिप्लो ढुंगा तथा झरिलो बर्षाको मौसमलाई पनि चुनौति दिएर योगासन गर्ने कार्य सौन्दर्यविद थापावाट भएको छ।
प्रकाशन मिति–२०७८ साल असार २६ गते शनिवार ।