काठमाडौ। एक पछि अर्को चलचित्र निर्माण तथा निर्देशन गर्नु भनेको नेपालको सन्दर्भमा फलामको चिउरा चपाउनु बराबर हो। यसो हुनुको एउटै कारण नेपालमा नेपाली चलचित्र भनेजस्तो चल्न नसकेरै हो। पहिला जस्तो नेपाली चलचित्र हलमा त्यति चल्नै सकेको छैन्।

यो बर्षमात्र पनि कयन चलचित्रले पानी पनि भन्न पाइएन। कति दिन चलचित्र चल्यो भनेर सोध्ने क्रममा कति चलचित्र निर्माता तथा निर्देशक अनि वितरकहरुले कति घण्टा चल्यो भनेर सोध्नु भन्ने गरेको छ। त्यसको मतलव दिन होइन, घण्टाको कुरा आउन थाल्यो।

यो हप्ता मात्र रिलिज भएको एक चलचित्र हलमा तीन घण्टा पनि चल्न नसकेको उदाहरण भएको कारण पचास लाख लगानी भएको चलचित्रलाई वितरकहरुले पचास हजार लगानी गर्न पनि गाह्रो मानिरहेको अवस्था रहेको छ। यस्तो अवस्थामा पनि निरन्तर चलचित्र निर्माण तथा निर्देशनमा लागिपरेका एक चलचित्रकर्मी प्रमोद भण्डारी हुन्।

प्रमोद भण्डारीलाई नेपाली चलचित्रको बर्तमान अवस्था मज्जाले थाहा छ। अब चलचित्र निर्माण गर्नु भनेको सिस्नोको झ्याङमा पैसा हुत्याउनु बराबर हो भन्ने धेरैको भनाई आएको छ। तर, प्रमोद भण्डारीलेभने त्यस झ्याङवाट पनि पैसा सुरक्षित रुपमा रिटर्न गर्न सक्ने आफूसंग थुप्रै उपाय रहेको ठोकुवा गरेका छन्।

त्यसैकारण आफ्नो प्रोडक्सनको ११ औं चलचित्र आक्रान्त निर्माण तथा निर्देशन गर्ने घोषणा गर्ने कार्य प्रमोद भण्डारीवाट भएको छ। यही आउने फाल्गुण महिनावाट शुटिङ गर्ने डेट समेत फिक्स गरिसकेका प्रमोद भण्डारीले चलचित्र आक्रान्तको प्रोष्ट–प्रोडक्सनको कार्य संपन्न गरिसकेका छन्। अव केवल कलाकार छनौट मात्र बाँकी रहेको पनि उनले भनेका छन्।

राम्रो चलचित्र निर्माण गर्ने तथा विषयवस्तु अनि समयानुकुल फिल्म बनाउनेका लागि दर्शकको कुनै अभाव नभएको अत्यन्त सकारात्मक सोच राख्ने प्रमोद भण्डारीको साहसलाई सवैले सलाम गर्ने गरेका छन्। प्रमोद भण्डारी साँच्चै साहसी र आंटिला निर्माता तथा निर्देशकका रुपमा लिइने गरेको छ।


प्रकाशन मिति–२०७४ साल माघ २ गते मंगलवार ।