Petrol Police Pump 1काठमाडौ। काठमाडौमा पेट्रोलको बढ्दो असहजतालाई आत्मसात् गरेर गृहमन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आइतवार देखि आफ्नो पेट्रोल पम्पवाट चौविसै घण्टा तेल वितरण गर्न निर्देशन दिएको छ।

आवश्यकता अनुसार नेपाल आयल निगमसंग तेल लिएर सर्वसाधरणलाई वितरण गर्ने कार्य गर्न र गराउन निर्देशानुसार निर्देशन दिइएको जानकारी गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बताएका छन्। काठमाडौमा नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल र सामाखुशीमा पेट्रोल पम्प रहेको छ।

त्यसैगरेर, सशस्त्र प्रहरीको हलचोक र भक्तपुरमा पम्प रहेको छ। यी पेट्रोल पम्पवाट आइतवारवाट चौविसै घण्टा पेट्रोल पाउने व्यवस्था भएपछि पेट्रोलमा केही हदसम्म भएपनि सहजता आउने अनुमान गरिएको छ।
प्रकाशन मिति–२०७२ साल फागुन २० गते विहीवार ।