home-minister-press-release-about-christmass

काठमाडौ। नेपालको नेपाली क्यालेन्डरमा यो बर्ष डिसेम्बर २५ तारिखका दिन क्रिसमसको अवसरमा क्रिश्चियन धर्मावलम्बीहरुलाई मात्र विदा भनिएर उल्लेख गरेतापनि नेपाल सरकारले विगत बर्षमा जस्तै सार्वजनिक विदा दिने घोषणा गरेको छ।

तसर्थ भोलि पुष १० गते तदानुसार डिसेम्बर २५ तारिखका दिन सार्वजनिक विदा भनेर नेपाल सरकार गृह मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत सूचना जारी गरेतापनि गंभीर गल्ती हुन पुगेको छ।

गृह मन्त्रालयले पठाइएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीव्दारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा २०७३ साल पुष १० गते तदानुसार २०१६ डिसेम्बर १० तारेख आइतवारका दिन भनेर उल्लेख गरिएको छ। डिसेम्बर २५ तारिखलाई डिसेम्बर १० तारेख भनेर उल्लेख गरिनु हतार–हतारमा जारी गरेको सामान्य गल्ती जस्तो देखिएपनि गंभीर गल्ती हुन पुगेको छ।

नेपाल सरकारको उच्चनिकाय गृह मन्त्रालयको प्रवक्ताले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा यसप्रकारको गल्ती हुनुलाई लापरवाहीको पराकाष्ठताको रुपमा लिइएको छ।
प्रकाशन मिति–२०७३ साल पुष ९ गते शनिवार ।