Nepali Criket winner in Bangladeshकाठमाडौ। बंगलादेशमा केही दिनअघि संपन्न बङ्गबन्धु विश्वकप फुटवल खेलमा नेपालको शानदार जितको लगतै बंगलादेशमा नै जारी आईसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत विहीवार संपन्न भएको खेलमा नेपालको अर्को जित भएको छ। नेपालले टेस्ट मान्यता प्राप्त बलियो प्रतिव्दन्दी न्यूजिल्याण्डलाई ३२ रनले पराजित गरेर सवैलाई तीनछक्क पारिदिएका छन्। जसवाट नेपाली क्रिक्रेटर तथा खेलजगत नै हौस्सिएको छ।

बंगलादेशको फल्तुल्लाहस्थित खानसाहेब ओसमान अलि रङ्गशालामा भएको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले दिएको २३९ रनको चुनौती पछ्याएको न्यूजिल्यान्ड सबै विकेट गुमाउँदै ४७.१ ओभरमा २०६ रनमै सीमित भएपछि नेपालले सहज जित दर्ता गरेको हो।

नेपाललाई जिताउने क्रममा दिपेन्द्र सिंह एरीले ३ विकेट लिए । त्यसैगरी प्रेम तामाङले २ विकेट तथा सन्दिप लामिछाने र सुनिल धमलाले १/१ विकेट लिन सफल भए। न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ५२ रन जोड्न सफल भए।

त्यसैगरी डेल फिलिप्सको नाममा ४१ रन रह्यो । जोस फिन्यले ३७ रन जोडे । नथन स्मिथको नाममा २४ रन रह्यो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कप्तान राजु रिजालको ४८ रनको मद्दतमा ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २३८ रन बनाउन सफल भएको थियो ।

प्रकाशन मिति–२०७२ साल माघ १४ गते विहीवार ।