काठमाडौ। नेपालका ख्यातिप्राप्त गीतकार कृष्णहरि बरालले गायिका रितु कंडेलको जवानी हेरेरै तत्काल जवानी संवन्धी गीत लेखेका थिए। सोही गीत गाएर रितु चर्चाको शिखरमा पुगेको उनी आफैले ठोकुवा गरेकी छन्।

आफू सुमधुर जवानीमा नै रहेको बताउने रितु आफ्नो सोच भनेकै संगीत रहेको र संगीत बाहेक अरु कोही नभएको कारण पनि संगीतमा यतिखेर चुर्लुम्म डुबिरहेको जिकिर गर्ने संगीतसंगै गंभीर लभ परेकोले दायाँ–बायाँ हेर्ने फुर्सद नै नभएको समेत भिजन संसारसंगको विशेष कुराकानीमा उनले भनेकी छन्।

चारवटा गीति–एल्बम निकालिसकेको र करिब २ सय जति गीत गाइसकेको बताउने रितुलाई विभिन्न स्टेजका प्रोग्राममा गीत गाउंदैमा फुर्सद नै छैन्। अर्कोतर्फ त्रिभुवन विश्वविद्यालयवाट संगीतमा एम म्युज गर्ने अन्तिम तयारीमा रहेको कारणले पनि रितुलाई अचेल पटकै फुर्सद छैन्। जसरी भएपनि नेपालकै विश्वविद्यालयवाट संगीतमा डिग्री हासिल गरेर नेपालकै कलेजहरुमा संगीत पढाउने प्रोफेसर बन्ने उनको लक्ष्य रहेको छ।

त्यही लक्ष्य प्राप्तिका लागि तल्लिन रहेकी उनलाई कुनैबेला धेरै फिल्मवाट अफर आएतापनि फिल्मतिर नलागिकन निरन्तर संगीतमा नै लागेको र संगीत वाहेक अरु नसोचेको समेत उनले भनेकी छन्। सानैदेखिको प्यासन भन्नु नै संगीत हो र पछिसम्म पनि रहने उनको निश्कर्श रहेको छ। नेपाली गीत–संगीतवाट आगो बाल्ने तपस्यामा रहेकी उनी संगीतकी कठोर तपस्वी पनि हुन्।


प्रकाशन मिति–२०७४ साल माघ १ गते सोमवार ।