Sunriseकाठमाडौ। विक्रम संवत् २०७४ वैशाख १ गते आज शुक्रबार नयाँ वर्ष । नयाँ बर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरेर मनाउने कार्य भैरहेको छ। २०७३ साल विदावारी भएर आजवाट नयाँ बर्ष २०७४ साल प्रारम्भ भएको छ। 

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन हो । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्ने गर्दछन्।

Happy New Year 2074यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ। 

राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवतलाई विक्रम संवत् भनिएको तर्क पनि एकथरिले गर्ने गरेका छन् । यस अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइन्छ।

नयाँ बर्षको अवसरमा भिजन संसारका आदरणिय पाठकवृन्द तथा शुभेच्छुक सवैलाई हार्दिक मंगलमय शुभकामना ।
प्रकाशन मिति–२०७४ साल बैशाख १ गते शुक्रबार ।