Nepal ko Sambidhanकाठमाडौ। आज असोज ३ गते संविधान दिवस । गत बर्ष २०७२ सालको असोज ३ गते संविधान घोषणा भएको थियो। संविधान घोषणा भएको आजवाट बर्षदिन पुगिसक्दा पनि यसको कार्यन्वयन हुन सकिरहेको छैन्।

संविधान घोषण पश्चात राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचन र प्रधानमन्त्री परिवर्तन हुनुवाहेक खासै कुनै नयाँ कार्य भएको छैन्। आजैको दिन नेपालको संविधान घोषणा भएको लगतै भारतले नेपालमा अघोषित रुपमा पाँच महिना भन्दा बढी नाकाबन्दी गरेको थियो।

जसले गर्दा नयाँ संविधान घोषणा भएको खुशीयाली नेपाली जनताले मनाउनै पाएको थिएन। संविधान दिवसको अवसर पारेर नेपाल सरकारले सार्वजनिक विदा दिएको छ।
प्रकाशन मिति–२०७३ साल असोज ३ गते सोमवार ।