Saune Sankranti 1काठमाडौ। नेपालमा साउन १ गतेलाई हरेक वर्षझैं यस वर्ष पनि कर्कट संक्रान्ति अर्थात साउने संक्रान्तिकारुपमा मनाइने गर्दछ। आज साउन १ गते साउने संक्रान्ति परेको छ। सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिकारुपमा मनाइन्छ।

माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुने मान्यता छ ।

साउने संक्रान्तिका दिन कन्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने)को पूजा गरी बलेको अगुल्टो फालेपछि बर्खाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ। साउने संक्रान्तिपछि नेपालमा चाडपर्वको लहर सुरु हुन्छ।
प्रकाशन मिति–२०७४ साल साउन १ गते आइतवार ।