Pawan Joshi's Progm 2काठमाडौ। ज्यापु महागुठी कीर्तिपुर नगरसमितिको आयोजनामा आठ गीतहरुको बेजोड संग्रह रहेको कुलिचिने नामक नेपालभाषाको डीभीडी सार्वजनिक भएको छ। फूलको आँखामा फूलै संसारका अत्यन्त चर्चित गीतकार दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्य तथा नेपालभाषाका लोककवि राजभाइ जकमीको उपस्थितिमा सामूहिक रुपमा सार्वजनिक भएको हो।

Pawan Joshi's Progm 3आठवटा नेपालभाषामा निर्माण भएका अत्यन्त चर्चित म्युजिक भिडियोको संग्रह रहेको डीभीडी एल्वम कुलेचिना मित्रताको नविनतम् चिनो भएको कुलेचिनेमा संग्रहित ६ वटा म्युजिक भिडियोका निर्देशक तथा बरिष्ठ अभिनेता पवन जोशीले बताएका छन्।

Pawan Joshi's Progm 1विसं.२०७२ साल बैशाख १२ गते नेपालमा आएको महाभूकम्पको यथार्थवादी कथावस्तु पनि आठवटा म्युजिक भिडियो मध्ये एक म्युजिक भिडियो भुखाय्मा प्रस्तुत गरिएको छ। जुन निक्कै यथार्थपरक तथा सान्दर्भिक भएको सवैको टिप्पणी रहेको छ।

Pawan Joshi's Progm 5निर्देशक पवन जोशीको अथक प्रयास तथा मेहनतले कुलेचिने डीभीडीमा संग्रहित ६ वटा र दुई वटा रत्न जोशीवाट गीतका म्युजिक भिडियो तयार भएका हुन्। गीतकार रामभक्त महर्जन रमझमको सवै गीत रहेको छ। कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ, गीतकार रामभक्त महर्जन रमझ र संगीतकर्मी गुज्ये मालाकारलाई सम्मान प्रदान गरिएको थियो।

Pawan Joshi's Progm 4प्रकाशन मिति–२०७४ साल असार १ गते विहीवार ।