Social Worker Binita Aryal with Homeless Children
Social Worker Binita Aryal with Homeless Children

काठमाडौ। काठमाडौको टोखारोड स्थित ग्रीनल्याण्ड धापासी–३ स्थित हाम्रो बाल संरक्षण धरोहर नेपाल नामक संस्थाले आफ्नो स्थापना दिवस तथा सम्मान कार्यक्रम संपन्न गरेको छ।

Binita Aryal progm 1शनिवार आयोजित कार्यक्रममा हाम्रो बाल संरक्षण धरोहर नेपालले सात बर्षयता सडकमा फालिएका र बाउ–आमा गुमाएका अनाथ तथा व्दन्द पीडित बाल–बालिकाको संरक्षणमा गरेको महत्वपूर्ण कार्यलाई उजागार गर्ने कार्य भएको छ।

२७ बर्षकी विनिता अर्यालको अगुवाईमा सात बर्षअगाडि स्थापना भएको हाम्रो बाल संरक्षण धरोहर नेपालमा २२ जना अनाथ बाल–बालिकाहरुको उचित स्याहार तथा संरक्षण दिने कार्य भएको छ।

Binita Aryal progm 5

२७ बर्षकी विनिता अर्यालको अगुवाईमा सात बर्षअगाडि स्थापना भएको हाम्रो बाल संरक्षण धरोहर नेपालमा २२ जना अनाथ बाल–बालिकाहरुको उचित स्याहार तथा संरक्षण दिने कार्य भएको छ। सानो उमेरमा ठूलो कार्य गर्न सफल विनिता अर्याललाई संरक्षित सवै बालबालिकाले आमाको नै दर्जा दिने गरेको छ। उनीहरुको उचित पालन–पोषण तथा शिक्षा–दिक्षा दिन आफूले कुनै कमी कमजोरी नगरेको पनि संस्थापक अध्यक्ष अर्यालले भिजन संसारलाई भनेकी छन्।

Binita Aryal progm 6स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सानो भन्दा सानो सहयोगले संस्था चलेको र प्रारम्भका दिनमा आधा रातमा दाउरा खोजेर बालबालिकालाई भात पकाएर खुवाएको त्यो कठिन दिन पनि थियो भनेर अर्यालले भनेकी छन्। जनकपुरमा जन्मेतापनि झापामा हुर्की–बढेकी अर्याल बालबालिकाको सेवाका लागि नै संपूर्ण जीवन समर्पित गर्ने पक्षमा रहेकी छन्।

Binita Aryal progm 3कार्यक्रममा संस्थालाई सहयोग गर्ने तीनसय भन्दा बढीलाई सम्मान गरिएको थियो। सम्मान प्रदान गर्ने कार्य विशेष अतिथि बीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रका कार्यकारी निर्देशक पुरुषोतम अमात्य र ख्यातिप्राप्त गायिका सत्यकला राईवाट भएको थियो। कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।
प्रकाशन मिति–२०७४ साल असोज १ गते आइतवार ।