Amaghar 4काठमाडौ। हजुरआमाहरुकी पनि आमाको रुपमा चिनिएकी दिलशोभा आमाको काठमाडौको कालिमाटी स्थित आमाघरमा आश्रित आमाहरुको आशिर्वादले पनि त्यहाँ आउनेहरुको मन प्रफुल्लित बन्ने गरेको छ।

Amaghar 5

त्यहाँ रहेका आमाहरुलाई आफूसक्दो मिठो–मसिनो खाना खुवाउंन आउनेहरुलाई त्यहाँका आमाहरु खुशी बनेर आशिर्वाद दिदा सवैको दिन नै रमाइलो अनि शुभ हुने गरेको भन्नेहरु धेरै पाइएको छ। यसैक्रममा आज शनिवार विहानको खाना खुवाउन आएका पूर्वी नेपाल सुनसरी इटहरीका दिदीबहिनी अनिता सुव्वा तामाङ्ग र रामकुमारी सुव्वाले पनि यस्तै अनुभव व्यक्त गरेका छन्।

Amaghar 3

सुव्वा दिदी–बहिनीहरु आफ्ना स्वर्गवासी आमा चन्द्रमाया लिम्बुको शनिवार जन्मदिन परेकोले पहिलो पल्ट इटहरीदेखि खाना खुवाउन आएको भिजन संसारलाई भनेका छन्। यसको लागि हंगकंग बस्दैआएका भाइ चन्द्रवहादुर लिम्बुको पनि साथ र सहयोग रहेको यी दिदीबहिनीले भनेका छन्।

Amaghar 8

इटहरीका विभिन्न बालआश्रम तथा बृद्धाश्रममा यसरी खाना खुवाउने कार्य गरिसकेको बताउने दिदीबहिनी काठमाडौमा पहिलो पल्ट आमाघर नै आएको बताउंछन्। पहिलो पल्ट आमाघर खोज्दै शनिवारको विहानको खाना खुवाउन पाउंदा आफूहरुले आमाको साँच्चै सेवा गरेको आत्मानुभुति भएको प्रतिक्रिया दिएका छन्।

Amaghar 9

खाना खुवाउनुको अलावा आमाघरमा रहेका आमाहरुलाई जनही नगद १ सयको दरले दक्षिणा पनि दिदा धेरै आमाहरुको आँखावाट आँशु नै झरेको देखियो। आमाघरका आमाहरुले त्यसरी पाएको नगद १ सय रुपैया साँचेर राख्छु भनेर उनीहरुलाई थप आशिर्वाद दिदा रामकुमारी र अनिता दिदीबहिनी थप भावुक बनेका थिए।

Amaghar 6आमाघर कालिमाटीमा ३५ जना बृद्धा आमाहरु आश्रित रहेका छन्। ६७ बर्षका आमाहरु देखि १ सय ३ बर्षसम्मका आमाहरु आमाघरमा रहेका छन्।

Amaghar 10

Amaghar 2प्रकाशन मिति–२०७३ साल फागुन ७ गते शनिवार ।