काठमाडौ। लिच्छवीकालिन राजा मानदेवको राजधानी मानिएको तत्कालिन आलामपुर हालको कागेश्वर मनोहरा नगरपालिका वडा नंबर २ आलापोटमा प्रत्येक बर्षको अक्षय तृतियाका दिन मनाउंदै आएको गणेश–भैरब जात्रा संपन्न भएको छ। मातातिर्थ औशीको अघिल्लो दिनवाट अक्षय तृतियासम्म लगातार पाँच दिन मनाउंदैआएको यो बर्षको आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न भएको हो।

परम्परागत रुपमा १ सय ११ बर्षदेखि आलापोटको गणेश–भैरब जात्रा लिच्छवीकालदेखि मनाउंदै आएको जानकारी गणेश सांस्कृतिक मञ्चका अध्यक्ष बालकृष्ण श्रेष्ठले दिएका छन्। लिच्छबीकालिन अवशेषहरु आलापोटका धेरै स्थानमा रहेको वताउंदै अध्यक्ष श्रेष्ठले पूर्खाको धरोहररुपी यो जात्रालाई भव्य तथा सभ्य रुपमा व्यवस्थित रुपमा मनाउन आलापोटवासीको ठूलो मेहनत रहेको भनेका छन्।

यो जात्राको अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाले आइतवार नगरपालिकाभित्र सार्वजनिक विदा दिएर यस जात्रालाई थप महत्व दिएकोमा आलापोटवासीको तर्फवाट कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, उपमेयर शान्ता थापा सहित कार्यपालिका सदस्य सवैलाई धन्यवादा तथा आभार व्यक्त गर्ने कार्य जात्रा आयोजक समितिका कार्यकारी सदस्य तथा सामाजिक अभियन्ता रामेश्वर श्रेष्ठवाट आइतवार कृष्णचौरमा जात्रा संपन्न कार्यक्रममा भएको छ।

जात्रा संपन्न कार्यक्रमलाई कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटका वडा सरकार प्रमुख सुरज खड्काले आलापोटको गणेश–भैरब जात्रालाई सारा कागेश्वर मनोहरा नगरपालिकाको जात्राको रुपमा विकसित गर्न र गराउन आफूहरुले गरेको प्रयास नगरपालिकाभित्र सार्वजनिक विदा दिने कार्यवाट सफल भएको बताए।

आगामी बर्षहरुमा यो जात्रालाई कागेश्वरी मनोहरा नगरवासी सवैको जात्रा वनाउन व्यापक प्रयास आफ्नो वडा सरकार टीमवाट हुने वडा सरकार प्रमुख खड्काले भनेका छन्। कार्यक्रममा मेयर उपेन्द्र कार्की, उपमेयर शान्ता थापा लगायत कागेश्वरी मनोहरा नगरपालिकाका अन्य आमन्त्रित वडा सरकार प्रमुखहरुको सहभागिता रहेको थियो।

 

जात्रामा मेयर उपेन्द्र कार्की, उपमेयर शान्ता थापा तथा पूर्व प्रदेशमन्त्री रामेश्वर फुयाँल लगायतको विशेष सहभागिता रहेको थियो। वडा सरकार प्रमुख सुरज खड्काले जात्रामा रथ बोक्ने कार्य समेत गरेर वडावासीको वाहवाही पाएका थिए।

प्रकाशन मिति–२०८० साल बैशाख १० गते आइतवार ।