Hisila Yami

काठमाडौ। उत्तेजना र आवेगमा निर्वाचन आयोग घेराउ गर्ने क्रममा यो देशलाई खारेज गर भनेर चर्को स्वरमा नारा लगाउने नेपालकी पूर्वमन्त्री तथा बर्तमान नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमी यही नाराका कारण चर्को आलोचनाको शिकार बनेकी छन्।

कान्तिपथ जमलस्थित निर्वाचन आयोग अगाडि चर्को घाम तथा धुलोको कारण रनथनिएकी नेतृ हिसिला यमीले निर्वाचन आयोगको आदेशलाई खारेज गर भन्न खोजेकोमा बेहोशीले देशलाई खारेज गर भन्न पुगेको हो। यस कुरामा नेतृ यमीले आफूले शव्द उच्चारण गर्ने क्रममा उत्तेजना, आवेग र वेहोशीले आदेशलाई देश भन्न पुगेको भूल सुधार गरेकी छन्।

आफूवाट ठूलो गल्ती हुन पुगेको स्वीकार गरेकी छन्। यसवाट पर्न गएको असुविधाप्रति सवैसंग माफी समेत मागेकी छन्। नेतृ यमीले आफ्नो भूल सुधार गर्दै भनेकी छन्– ‘झण्डै एक घण्टा जतिको सकस र ठेलमठेलमा म अर्धमुर्छित जस्तै हुनपुगेछु। त्यो बेला मेरा पति डा. बाबुराम भट्टराई लगायत अन्य साथीहरुले मलाई सम्हालेर राख्नुभएको थियो। त्यसबीच सुरक्षाकर्मीहरुले हामीलाई समातेर सुरक्षा भ्यानमा राखे। म त्यो बेला आवेश र अर्धचेतकै अवस्थामा थिए। तीव्र आवेशमा चिच्याउँदै नाराबाजी गर्न लागेछु।”

Hisila Yami with her husband Dr. Baburam Bhattarai
Hisila Yami with her husband Dr. Baburam Bhattarai

घटनाबारे स्मरण गर्दै हिसिलाले विज्ञप्तिमार्फत भनेकी छन्– ‘त्यसक्रममा मैले स्थानीय निर्वाचन ऐनको यो आदेश खारेज हुनुपर्छ भन्न खोज्दा बेहोसीपूर्वक अन्यथा हुन पुगेछ। म जनजाति समुदायकी छोरी भएकाले मेरो नेपाली भाषामा राम्रो दखल छैन्। त्यसैले आन्दोलनको प्रेसर, भाषागत कमजोरी र बेहोसीमा मैले आदेशलाई अन्यथा उच्चारण गर्न पुगेकी हुँ। पछि साथीहरुले रोकेपछि मात्रै म होसमा आएँ र आफ्नो गल्ती महसुस गरें।’

हिसिलाले ‘यो देश खारेज गर्नुपर्छ’ भन्ने नारा लगाएपछि आइतबारदेखिनै निकै हंगामा भएको थियो। खासगरी विभिन्न पार्टीका नेताहरुले हिसिलालाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।
प्रकाशन मिति–२०७३ साल चैत्र २१ गते सोमवार ।