Itali Earthquake 3काठमाडौ। इटलीमा बुधवार विहान गएको शक्तिशाली भूकम्पमा परी ३८ जनाभन्दा बढीको मृत्यु भएको छ। सयौं घाइते तथा डेढसय भन्दा बढी बेपत्ता बनिरहेको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ।

Itali Earthquake 2

इटलीको रोमनजिक रहेको पेरुगिए शहरको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दू बनाएर ६.२ रेक्टर स्केलको भूकम्पले इटलीका प्राय घरहरु भत्किएको छ। अमाट्रिसे सहरका मेयरकाअनुसार सहरको आधाभाग पूर्णरुपमा ध्वस्त भएको छ। अकुमोली सहरमा पनि थुप्रै घर भत्किएको बताइएको छ ।

Itali Earthquake 4

पेरुगिए सहरको आधाभाग नै ध्वस्त भएको बताइएको छ। स्थानीय समयअनुसार बुधबार बिहान ३ बजेर ३६ मिनेटमा गएको भूकम्पको गहिराइ १० किलोमिटरमात्रै रहेको छ। भूकम्पको धक्का रोममा पनि महसुस भएको स्थानीय सन्चारमाध्यमले जनाएका छन्।

भूकम्पको धक्का २० सेकेन्डसम्म महसुस गरिएको थियो। इटालीमा सन् २००९ मा गएको ६.३ म्याग्निच्यूडको भूकम्पमा परी ३ सयभन्दा बढीको मृत्यु भएको थियो। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल भदौ ८ गते बुधवार ।