काठमाडौं। बेलायतमा कार्यरत मेधावी नेपाली म्युजिक भिडियो निर्र्देशक कुशल श्रेष्ठको कुशलता एक पछि अर्को भिडियोमा देखिदैआएको छ। यसक्रममा निर्देशक श्रेष्ठका आधा दर्जन नेपाली म्युजिक भिडियो रिलिजको क्रममा रहेको छ भने, तीनवटा निर्माणाधिन अवस्थामा रहेको निर्देशक श्रेष्ठले बेलायतवाट बताएका छन्।

यसक्रममा निर्देशक श्रेष्ठले यो हप्तामा मात्र आफ्नो करियरको दुई दशकमा पहिलो पटक महत्वाकांक्षी प्रोजेक्ट गरेको खुलासा गरेका छन्। जुन इटालियन गायिकाको अंग्रेजी गीतको भिडियो निर्देशन गरेर त्यो महत्वाकांक्षालाई पूरा गर्न निर्देशक श्रेष्ठले सफलता प्राप्त गरे ।

इटालियन गायिका तथा लेखिका फेडस्टारको गीतमा निर्देशक श्रेष्ठले म्यूजिक भिडियो निर्देशन गरेका हुन् । टिनएज इटालीमै बिताएकी फेडस्टारले ५ वर्षदेखि बालबालिकाको गायन प्रतियोगितामा भाग लिन थालेकी थिइन् ।

गायन अतिरिक्त ब्याले, आधुनिक र बेली डान्समा समेत पोख्त फेडस्टारसहित जोन फ्रयांकको अभिनयमा बनाइएको म्यूजिक भिडियोमा जोबिना हार्डीले मेकअप गरेकी छन्। कार्यकारी निर्माता फेडेरिका अन्ना सेटेमब्रीनी र म्यूजिक प्रोड्युसर हुन्-सर्जिओ कार्कासी। उक्त गीतको बीचतिर स्पेनिस भाषाको रयापमा जोन फ्रयांकको फिचरिङ छ।

प्रकाशन मिति–२०७९ साल जेठ ६ गते शुक्रवार ।