earthaquake-in-italy-2

काठमाडौं । इटालीको मध्यक्षेत्रलाई केन्द्र विन्दू बनाएर दुई वटा शक्तिशाली भूकम्प गएका छन्। स्थानीय समयअनुसार बेलुका ७ बजेर १० मिनेट जाँदा माचेराटा प्रान्तको भिस्सोलाई केन्द्रविन्दु बनाएर पहिलो पटक ५ दशमलव ५ म्याग्निच्यूटको भूकम्प गएको थियो।

earthaquake-in-italy-2

त्यसको दुई घण्टापछि सोही स्थानलाई केन्द्रविन्दु बनाएर ६ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको इटालीका सरकारी अधिकारीले बताएका छन्। भूकम्पका कारण मध्य इटालीका सयौ पुराना भवनहरु भत्किएका छन् । हजारौं सर्वसाधारण घरबाहिर निस्किएर सडकमा बसिरहेका छन्।

earthaquake-in-italy-1

भूकम्पबाट भत्किएका भवनमा च्यापिएर दुई जना घाइते भएको बताइएको छ । धक्का राजधानी रोमसहित मध्य इटालीको सबै क्षेत्रमा महसुस भएको थियो। भूकम्पका कारण धेरै जसो पुराना घर भत्किएका छन् । उद्धार तथा राहतका लागि उद्धारकर्मी खटिएका छन्। इटालीमा दुई महिना अघि अगस्ट २४ मा गएको ६ दशमलव २ म्याग्नेच्युटको भूकम्पका कारण २ सय ९८ जनाको ज्यान गएको थियो। (एजेन्सी)

प्रकाशन मिति–२०७३ साल कात्तिक ११ गते विहीवार ।