लण्डन। अन्तर्रास्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले विशेष कलाकार भेटघाट कार्यक्रम संपन्न गरेको छ। आइतवार आयोजित कार्यक्रममा इनास युकेले विेशष कलाकार भेटघाट कार्यक्रममा प्रमाण पत्र वितरण र सांगीतिक कार्यक्रमको आयोजना गरेको हो।

इनास यूकेद्वारा लण्डनको प्लमस्टेडम आयोजित उक्त कार्यक्रममा इनास यूकेका अध्यक्ष बिनोद चिपालुले आगामी वर्ष सांगीतिक महोत्सबको आयोजना गर्ने घोषणा गरेका छन्। म्युजिक फेस्टिवल २०२३ नाम दिईएको उक्त फेस्टिबलमा यूकेमा बनेका म्युजिक भिडियोहरुलाई अवार्ड दिने जनाइएको छ।

चिपालुको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा उक्त घोषणा गर्दै इनास यूकेको बार्षिक कार्यक्रमका बिषयमा समेत खाका प्रस्तुत गरिएको थियो । चिपालुको नेतृत्वको टिम निर्वाचित भएपछि आयोजित पहिलो यस प्रकारको भेटघाट कार्यक्रममा इनास यूके कार्यसमिति र साधारण सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो। साथै नेपालबाट आएकी भ्वाइस अफ नेपालकी उपविजेता तारा श्रीश मगरलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रममा इनास ग्लोबलका संरक्षक बरिष्ठ गायिका मिरा रानाले इनास यूकेले गरेका कार्यहरुको प्रसंशा गर्दै प्रबासमा पनि गीत, संगीत, कला र कलाकारहरुको प्रबद्र्धनमा लागिरहन शुभकामना ब्यक्त गरेकी थिइन्। इनास यूकेका महासचिब सर्बेन्द्र अधिकारीले संचालन गरेको पहिलो सत्रको कार्यक्रममा उपाध्यक्ष दिपक थापाले सबैलाई स्वागत गरेका थिए। त्यस्तै सचिब सुजन पराजुली र कार्यकारी सदस्य दीप गिरीले इनास युके र कलाकारहरुको परिचय पेश गरेका थिए। दोस्रो चरणमा इनास यूकेका कलाकारहरुले विभिन्न कर्णप्रिय गीतमा नृत्य प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाएका थिए।

कार्यक्रममा इनास ग्लोबलका उपाध्यक्ष मनिष श्रेष्ठ, युरोप उपसंयोजक संजय भक्त कंडेल, इनास यूके संस्थापक अध्यक्ष सनम कुमार बैराग, इनाश अमेरिकाका सल्लाहकार उदय राणा, गायिका शर्मिला बर्देवा, प्लमस्टेडका काउन्सिलर जित रानाभाट, बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दिपक श्रेष्ठ, साहित्य चौतारीका बासु शर्मा, नेपाल पत्रकार महासंघ यूकेका पूर्व अध्यक्ष बिपिन निरौला, इनास ग्लोबल प्रतिनिधि गुणदेब घिमिरे, उपाध्यक्ष प्रसुना कंडेल,कोषाध्यक्ष लालमणि भट्टराई, यति नेपाली एसोशिएसन यूकेका महासचिब डा मुकुन्द बास्तोला, जेन्स यूकेका अध्यक्ष तिलक भट्टराई लगायत स्थानीय संघ-संस्थाका प्रतिनिधिहरु, र कलाकारहरुको पनि उपस्थिति रहेको थियो।