ललितपुर। अपाङ अधिकारकर्मीहरुको बलियो संस्था इन्डिपेन्ट लिभिङ सेन्टर ललितपुर अपाङ्ता भएको व्यक्तिहरुको सहयोगार्थ ठाउंको ठाउं मोवाइल क्याम्प गरेको छ। आम्दा जापानको सहयोगमा इन्डिपेन्ट लिभिङ सेन्टर ललितपुरले सुनसरी, सिराहा तथा धनकुटाका विभिन्न स्थानमा मोवाइल क्याम्प गरेर सहयोग वितरण गरेको हो।

इन्डिपेन्ट लिभिङ सेन्टर ललितपुरका महासचिव तथा प्रसिद्ध अपाङ मानवअधिकारकर्मी कृष्ण गौतमका अनुसार, त्यस मोवाइल क्याम्पमा विभिन्न कारणले अपाङ्ता भएकाहरुलाई दौतरी परामर्श सेवा, व्हीलचेअर लगायतका अपाङ सहायक सामाग्री निःशुल्क वितरण गरिएको छ।

यसप्रकारको मोवाइल क्याम्प यसअघि दोलखा, रामेछाप, सिन्धुलीमा गरिसकेको जानकारी इन्डिपेन्ट लिभिङ सेन्टर ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले भनेका छन्। अध्यक्ष श्रेष्ठले काठमाडौ, भक्तपुर र ललितपुर जिल्लाका अपाङता भएकाहरुलाई गृह भेट कार्यक्रम गरिरहेको बताएका छन्। त्यसका लागि संपर्क गर्न पनि भनिएको छ।


संपर्क गर्ने मोवाइल नंबरहरु–९८५१२२४५२२ र ९८५१०२७०६७

प्रकाशन मिति–२०७४ साल फागुन १४ गते सोमवार ।