Independing Living Center 1

काठमाडौ। अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्वन जीवन पद्धति केन्द्र अर्थात इन्डिपेन्डिङ्ग लिभिङ्ग सेन्टर स्थापनाको दशौं बर्षमा प्रवेश गरेको छ। काठमाडौमा आयोजित समारोहमा सेन्टरले आफ्नो स्थापना दिवस केक काटेर खुशी बाँडेर मनाएको छ।

Independing Living Center 2

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदिशचन्द्र पोखरेलको प्रमुख आतिथ्यमा भएको बार्षिक उत्सव कार्यक्रममा इन्डिपेन्डिङ्ग लिभिङ्ग सेन्टरले अपाङ्गता क्षेत्रमा विगत दश बर्षयता गरेका कार्यहरुको प्रगतिका बारेमा मधु आचार्य,इन्दिरा श्रेष्ठ,दिपक तामाङ्ग,सुदर्शन सुवेदी,बिनोद गुरागाइं,प्रदिप पोख्रेल,उषा पोख्रेल,मुकुन्द दाहाल,सुर्यभक्त प्रजापती,किरण सिल्पकार,लक्ष्मी देबकोटा,टेकनाथ न्यौपाने,राजु बस्नेत,बिजय बजिमय,बालकृष्ण गैरे,जगदिश अधिकारी,मैनस्ट्रीम एसोशियन जापानका साकामोतो लगायतका अतिथि बक्ताहरुले दिल खोलेर प्रशंशा गरेका थिए।

Independing Living Center 7

ती अपाङ्ग क्षेत्रका अधिकारकर्मीहरुले अपाङ्गताको क्षेत्रमा इन्डिपेन्डिङ्ग लिभिङ्ग सेन्टरले गरेको पैरबी तथा योगदानले अपाङ्गता भएका व्यक्तिहरुले विभिन्न लाभ पाउन सफल भएको बताए। इन्डिपेन्डिङ्ग लिभिङ्ग सेन्टरका महासचिव कृष्ण गौतमले दश बर्ष अगाडि नौजनाको कार्य समितिले शुरु भएको सेन्टरको कार्यमा हाल स्वदेश तथा विदेशका सयौं व्यक्ति तथा व्यक्तित्वहरुको साथ र सहयोग रहेको स्वागत भाषणमा बताए।

Independing Living Center 6

इन्डिपेन्डिङ्ग लिभिङ्ग सेन्टरका अध्यक्ष गणेश केसीले सेन्टरको दश बर्ष यताको कार्य प्रगति विवरण पेश गर्दै अपाङ्गता भएका पूर्ण अशक्तता तथा अशक्तताहरुको लागि नेपालका विभिन्न २० जिल्लाहरुमा सेन्टरले कार्य गरिरहेको र निकट भविष्यमा ७५ जिल्लामा नै कार्य विस्तार गर्ने योजना भएको भनेका छन्।

Independing Living Center 5

कार्यक्रमको कार्यक्रम प्रस्तोता तथा कार्यक्रम संयोजक अपाङ्ग अधिकारकर्मी भोजराज श्रेष्ठले अपाङ्गता क्षेत्रमा इन्डिपेन्डिङ्ग लिभिङ्ग सेन्टरले अपाङ्गहरुको हक, हित तथा अधिकारको लागि विभिन्न एडभोकेसी गर्नुको अलावा हाल आएर नेपालमा नै व्हीलचेअर उत्पादन गर्ने कार्यमा पनि अगुवाई गरेर थप आयाम दिने कार्य भएको बताए। अपाङ्ग आन्दोलनको अगुवा संस्थाको रुपमा इन्डिपेन्डिङ्ग लिभिङ्ग सेन्टरलाई लिन सकिने जानकारी पनि अधिकारकर्मी श्रेष्ठले दिए।

Independing Living Center 3प्रकाशन मिति–२०७३ साल भदौ ८ गते बुधवार ।