jakarta-earthquakeकाठमाडौ। इन्डोनेसियाको जकार्तामा बुधवार शक्तिशाली भूकम्प गएको छ। भूकम्पको कारण त्यहाँको कयौ भवन भत्किएको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ।

जकार्ता स्थित आचेह प्रान्तमा त्यहाँको स्थानिय समयअनुसार विहान ५ बजेर ३ मिनेट गएको अवस्थामा ६.४ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ।

त्यहाँको स्थानिय समाचारमाध्यमले २५ जनाको मृत्यु भएको र कयौ मानिस त्यहाँ भत्किएका घरको भग्नावशेषमा पुरिएको हुनुपर्ने आशंका गरिएको छ।

(एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल मंसीर १५ गते बुधवार ।