IShwor Man Dangolकाठमाडौ। काठमाडौ महानगरपालिकाको वडा नं १५ मा अत्यन्त लोकप्रिय नेता इश्वरमान डंगोल भारी मतले वडा अध्यक्षमा विजयी बनेपछि त्यो खुशीयालीमा वडावासीले विजयी जुलुश निकालेका छन्।

Ktm 15 ward 12शनिवार स्वयम्भुस्थित भगवान पाउवाट प्रारम्भ भएको विजयी जुलुसमा सहभागिता जनाउन नेकपा एमालेका शिर्षस्थ नेता झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य लगायत पुगेका थिए। झलनाथ र अष्टलक्ष्मीका साथमा देखिएका नवनिर्वाचित वडा अध्यक्ष इश्वरमान डंगोललाई टीका तथा खादा अर्पण गर्नेहरुको लामै भीड लागेको थियो। त्यो भीडले झलनाथ र अष्टलक्ष्मीलाई समेत छोपिएका थिए।

Ktm 15 ward 3

इश्वरमान डंगोलको लोकप्रियता देखेर झलनाथ र अष्टलक्ष्मी अत्यन्त दंग परेका थिए। वडावासीले सही जनप्रतिनिधी पाएको प्रतिक्रिया दिएका छन्। विजयी जुलुसमा सवैको बधाई लिदैअगाडि बढेका नवनिर्वाचित वडा अध्यक्ष डंगोलले पूरै वडावासीलाई धन्यवाद दिदै वडावासीको हक, हित र अधिकारको लागि दतचित्त बनेर कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

Ktm 15 ward 8विसं.२०५४ सालको वडाको चुनावमा पनि वडा अध्यक्ष जितेका डंगोलले त्यसपछिका दिनहरुमा आफू पदमा नरहंदा पनि वडावासीका पीरमर्कामा सहयोग गर्दैआएको कदर स्वरुप फेरिपनि वडा अध्यक्षमा जिताएको १५ वडावासीहरुको भनाई रहेको छ। इश्वरमान डंगोलको पूरै प्यानल भारी मतले जित्दा १५ वडावासीमा अत्यन्त हर्षोउल्लास देखिएको छ।

Ktm 15 ward 3Ktm 15 ward 11 Ktm 15 ward 9प्रकाशन मिति–२०७४ साल जेष्ठ १३ गते शनिवार ।