Political Bahashकाठमाडौ। नेपालमा सरकार संचालनमा सहयोग गर्न गठित उच्चस्तरीय रानीतिक समितिको आइतबार बसेको बैठकले तत्काल ठूला परियोजना लागू गर्न सरकारलाई आग्रह गरेको छ। ठूला विद्युत परियोजनासहितका आयोजनाको काम शुरु गर्न समितिले भनेको छ।

समितिको बैठकले असहज स्थितिमा सरकारले सकारात्मक कार्य गरेको भन्दै धन्यवाद पनि दिइएको जानकारी एमाओवादी महासचिव कृष्णवहादुर महराले दिएका छन्। महराले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारतको भ्रमणमा नेपाल र भारतको संवन्ध सुमधुर बनाउने र राष्ट्रिय हितका विपक्षमा सहमति र संझौता नगर्ने निर्णय गरेको समेत भनेका छन्।

बैठकले मधेशी मोर्चासंगको बार्तालाई निरन्तरता दिएर सरकारका तर्फवाट पहल गर्न निर्णय गरेको छ। बैठकमा समिति संयोजक रहेका नेकपा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको बर्तमान राष्ट्रिय संकटमा नेपाली कांग्रेसलाई पनि साथमा लिएर जानुपर्ने धारणा राखेका थिए।

प्रकाशन मिति–२०७२ साल माघ १७ गते आइतवार ।