Dhan Diwash Gokarna 17

काठमाडौ। मानो रोपेर मुरी फलाउने दिनको रुपमा हरेक बर्ष मनाइदैआएको यो बर्षको १४ औं राष्ट्रिय धान दिवस देशभर कृषिको महत्व र यसको आवश्यकता माथि जोड दिएर मनाएको पाइयो।

यसै अवसरमा काठमाडौको उत्तरी क्षेत्र गोकर्ण स्थित उत्तरवाहिनी उत्तरगयामा आयोजित कार्यक्रममा मानो रोपेर मुरी मात्र फलाउने नभइकन टनका टन नै धान फलाउनु पर्ने कुरामा जोड दिइएको छ। त्यसको लागि कृषकहरुलाई उचित तालिम र प्राङ्गारिक मल उत्पादन गर्ने आधुनिक तौर–तरीका आवश्यकता भएको कुरामा वक्ताहरुले विशेष जोड दिएका छन्।

Dhan Diwash Gokarna 4

स्थानीय महिला सामूहिक कृषक समूहको आयोजनामा भएको १४ औं राष्ट्रिय धान दिवस कार्यक्रम तथा प्राङ्गारिक मल बनाउने तालिमको समापन समारोहको आयोजना गरियो। जसमा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रवहादुर श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, सीता श्रेष्ठ, बरिष्ठ अधिवक्ता मिलन श्रेष्ठ,उमा थापा, जयराम महत, बालकृष्ण श्रेष्ठ लाकस, विष्णु सुनाम, श्याम स्मृत लगायतका गन्यमान्य व्यक्ति–विशेषहरुले धान दिवसको महत्व र प्राङ्गारिक मलको आवश्यकताका विषयमा विशेष जोड दिएका थिए।

Dhan Diwash Gokarna 2महिला सामूहिक कृषक समूह तथा प्राङ्गारिक मल बनाउने तालिम उपभोक्ता समितिका अध्यक्ष सूर्यमाया श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको थियो। कार्यक्रम संचालन रेखा बस्नेतले गरेकी थिइन्। कार्यक्रममा उत्कृष्ट पुरुष तथा उत्कृष्ट महिला कृषकलाई सम्मान पनि गरिएको थियो।

Dhan Diwash Gokarna 3

प्राङ्गारिक मल बनाउने तालिममा सहभागी ३२ जना स्थानीयलाई प्रमाण–पत्र वितरण गरियो। साथमा जनवादी गायक जीवन शर्माको कृषि गीतलाई जस्ताको तस्तै बरिष्ठ अधिवक्ता मिलन श्रेष्ठले गाइदिदा सवै सहभागी कृषकहरु रमाएर नाचेका थिए। कार्यक्रममा असार १५ को दही–चिउरा खुवाउने कार्य पनि भएको थियो।
प्रकाशन मिति–२०७४ साल असार १५ गते विहीवार ।