Gokarneswor Municipality 3काठमाडौं। उत्तरवाहिनी उत्तरगयाको पावन नगरी गोकर्णेश्वर नगरपालिकाले आव २०७४–२०७५ का लागि पूर्वाधारलाई प्राथमिकता दिँदै रु ६६ करोड ९४ लाखको बजेट पारित गरेको छ। नगर कार्यपालिकाले बिहीबार पारित गरेको बजेटलाई शुक्रबार बसेको नगरसभाले अनुमोदन गरेको हो।

नगरपालिकाकाले आयोजना गरेको नगरसभामा मेयर सन्तोष चालिसेले प्रत्येक वडालाई रु.चार करोडका दरले रु.३६ करोडको विकास बजेटसहितको कार्यक्रम प्रस्तुत् गरे। बजेटमा पूर्वाधार, सामाजिक, आर्थिक विकास, सांस्कृतिक प्रवद्र्धन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, भवन निर्माण, जगेडा कोष, संस्थागत विकास एवं सेवा प्रवाह र वातावरण तथा विपद् व्यवस्थापन शीर्षकमा विनियोजन गरिएको छ।

Gokarneswor Municipality 1

बजेटमा एक वर्षभित्र जोरपाटीचोकमा साततले गोकर्णेश्वर भवन बनाइने उल्लेख गरिएको छ । नगरपालिकाको कार्यालयसमेत रहने यो भवनमा नगरवासीलाई आवश्यक सबै सेवा दिने सोच अघि सारिएको उपमेयर शान्ति नेपालले भनेकी छन्।

प्रत्येक वडामा निःशुल्क वाइफाइसहित दुईओटा हरितचोक, ९ ओटै वडामा आधुनिक सुविधासहितको सार्वजनिक शौचालय, ज्येष्ठ नागरिकलाई घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्‍याइनेलगायत कार्यक्रम बजेटमार्फत् अघि सारिएको छ।

बजेटमा खानेपानी, सरसफाइ, दलित, महिला, युवा, अपांगलगायतलाई मूल प्रवाहमा ल्याउने कार्यक्रम बनाइएको छ । प्रत्येक वडामा खेल मैदान निर्माणका लागि पनि बजेट छुट्याइएको छ।

Gokarneswor Municipality 2प्रकाशन मिति–२०७४ साल असार ३० गते शुक्रबार ।