काठमाडौ। पत्रकार तथा लेखक कृष्ण सुनुवारको उदघोषण शिक्षा नामक पुस्तकको आठौं संस्करण बजारमा आएको छ। पुस्तकलाई दोस्रो संस्करण देखिनै निरन्तर रुपमा विद्यार्थी पुस्तक भण्डार भोटाहिटी काठमाडौले प्रकाशनमा ल्याईरहेको हो।


पुस्तकमा उदघोषण सम्बन्धी अति उपयोगी सैद्धान्तिक ज्ञानका साथसाथै वाककलासंग सम्बन्धित रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम, अन्तरवार्ता कला, भाषण कला तथा नेतृत्व कला जस्ता विषयलाई स–बिस्तारमा समेटिएको छ।

Mr.Krishna Sunuwar-Writer of Udaghoshan Shiksha

विसं.२०६१ सालतिर प्रकाशन थालनी गरिएको उदघोषण शिक्षाको पछिल्लो संस्करणहरुमा धेरै पाठक, पत्रकार तथा समिक्षकहरुको समेत सुझावलाई समेट्दै समय सान्दर्भिक बनाउदै लैजाने कार्य लेखकवाट भएको जनाइएको छ।

उदघोषण कला जान्न चाहने र यो पेशामा भविष्य खोज्न चाहने दुबै पक्षको लागि यो एउटा संग्रहणीय कृति हो। उसो त बोल्ने कला समाजमा हरेक क्षेत्रमा काम गर्ने मान्छेहरुको निम्ति उत्तिकै उपयोगी र महत्वपूर्ण कुरा हो।

त्यसरी हेर्ने हो भने त झन यो पुस्तकको उपयोगिता र सान्दर्भिकता व्यापक देखिन्छ। अग्रज स्रस्टाहरुको राम्रो प्रशंसा बटुलेका लेखक सुनुवार स्वयंको भनाइमा उदघोषण शिक्षा एउटा सिकाइ,भोगाइ र अनुभवको हस्ताक्षर हो।
प्रकाशन मिति–२०७४ साल माघ ६ गते शनिवार ।