Chhatha Parba 2

काठमाडौ। उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापन गरिएको छ । मिथिलाञ्चलको महान् पर्व छठ आज विहान उदाउँदो सूर्यलार्य अर्घ दिएर समापन गरिएको हो।

छठको मूख्य दिन हिजो काठमाडौंसहित तराईका विभिन्न जिल्लामा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै षष्ठी माताको पूजा गरी धुमधामका साथ मनाइयो। त्यसपछि पनि भक्तजनहरु रातभर जाग्राम बसी पूजा आराधना गर्दै आज विहान उदाउँदो सूर्यलार्य अर्घ दिएर आ–आफ्ना घर फर्किएका हुन्।

छठको तेस्रो तथा मूख्य दिन अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिन श्रद्धालु भक्तजनहरु नदी, तलाउ, पोखरीमा भेला भएका थिए। तराईसहित देशका विभिन्न जिल्लामा झकिझकाउसँग सिंगारिएका नदी तथा तलाउ किनारामा जम्मा भएका भक्तजनले श्रद्धापूर्वक सूर्य र षष्ठी माताको उपासना गर्दै पूजा गरेका थिए।
प्रकाशन मिति–२०७४ साल कात्तिक १० गते शुक्रबार ।