काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति र स्थायित्वका लागि स्थीर सरकार आवश्यक रहेको बताएका छन्। मंगलबार चितवनको भरतपुरमा आयोजित वाम गठबन्धनको सभालाई सम्बोधन गर्दै ओलीले वामपन्थी एकताले अस्थीर सरकारको चक्रलाई समाप्त गर्ने दाबी गरे।

देशव्यापीरुपमा उम्मेदवारलाई आक्रमण हुँदा पनि सरकार आँखा चिम्लेर बसेको उनको आरोप थियो। कामचलाऊ सरकारले प्रहरी र कर्मचारी सरुवा गर्ने तथा दीर्घकालीन प्रभावका निर्णयहरु गरिरहेको भन्दै उनले त्यसको प्रतिकार गर्ने चेतावनीसमेत दिए।

अहिलेका कांग्रेस नेताहरुको व्यवहारकै कारण गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरुले आफैंले जन्माएको कांग्रेस पार्टी छाड्नुपरेको आरोप पनि उनले लगाए। सभामा सहभागी भएपनि पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष एवं चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले सम्बोधन गरेनन्।


प्रकाशन मिति–२०७४ साल मंसीर ५ गते मंगलवार ।