Krishna Bhakta Yomari Chakuकाठमाडौ। हंगकंगमा कार्यरत रहेका नेपालका प्रसिद्ध उस्ताद कृष्णभक्त महर्जनको नेपालभाषाको पप गीत माघीको बेला विश्वभर एकसाथ रिलिज भएको छ।

माघे संक्रान्तिको दिन विशेष गरेर घ्यू र चाकु खाने प्रचलन तथा योमरीभित्र राखिने चाकुलाई जोड्दै उस्ताद महर्जनले नयाँ जोश र पहिचानमा नयाँ पप गीत योमरी चाकु चतामरी माकु बोलको गीतलाई युट्युववाट सार्वजनिक गरेका छन्।

उस्ताद महर्जनको शव्द, गायन तथा संगीत रहेको यस गीतको म्युजिक एरेञ्ज प्रसिद्ध संगीतकार हरिशरण सायमीले गरेका छन्। गीतको म्युजिक भिडियोमा पनि उस्ताद महर्जनले तन्नेरी जोशमा अभिनय गरेका छन्। सुरेन्द्र महर्जनले यस भिडियोलाई निर्देशन गरेका छन्। जुन रमाइलो र रोमान्टिक देखिन्छ।


प्रकाशन मिति–२०७३ साल माघ १ गते शनिवार ।