–बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ।
–दैनिक १२ घण्टा मन्त्रालयमा काम गर्ने ।।
–श्याम स्मृत
काठमाडौं। लामो समयदेखि निष्ठाको राजनीति गर्दैआएका निश्कलंक बागमती प्रदेशका लोकप्रिय सांसद डा.अजयक्रान्ति शाक्य बागमती प्रदेश सरकारको नवगठित मन्त्रीपरिषदमा आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन्।

बागमती प्रदेश सरकार बनेदेखि मन्त्री बन्ने लिष्टमा परेतापनि मन्त्री नबनेका डा.अजयक्रान्ति शाक्य जनताको चाहना बमोजिम जनलहरको कदर गर्दै गत भाद्र २३ गते मन्त्री बनेका हुन्। काठमाडौंको क्षेत्र नंबर ९ (क) वाट लोकप्रिय मतवाट निर्वाचित मन्त्री डा.शाक्य बौद्धिक व्यक्तित्वका रुपमा कहलिएका छन्। मन्त्री डा.शाक्यका विभिन्न बौद्ध दर्शन तथा शायरी लगायतका कृति प्रकाशित छन्।

त्यस्तै, नीति–निर्माणको क्षेत्रमा तथा आन्तरिक मामिला र विदेश मामिलामा पनि त्यतिकै दखल अनि कानूनका अध्येता मन्त्री डा.शाक्य नेकपा एमालेका सर्वमान्य नेता तथा अध्यक्ष केपी शर्मा ओली नौ महिने प्रधानमन्त्री भएको समयमा प्रधानमन्त्रीको कार्यालयमा सल्लाहकार पदमा कार्यरत समेत रहेका मन्त्री डा.शाक्य मन्त्रीमा शपथ खाएको दिनदेखि एकदिन पनि फुर्सदमा बसेका छैनन्।

हेटौडास्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयमा १२ घण्टा बसेर कार्य गर्ने मन्त्रीका रुपमा लिइएको छ। जसको कारण, मन्त्रालयका एक पछि अर्को योजनाको कार्यन्वयन भएको छ। मन्त्रालयका ५० वटा योजनालाई मन्त्री भएको हप्ता दिनमा नै अधिकांश योजनालाई कार्यन्वयन गर्ने तथा तिनको नीति निर्माण गर्न र गराउनमा तदारुकता दिने मन्त्री डा.शाक्यको आन्तरिक मामिला तथा कानून मन्त्रालय भनेको गृह मन्त्रालय, कानून मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालय हो।

यस संवन्धमा मन्त्री डा.शाक्यको भनाई यस्तो रहेको छ ‘त्यसो भयो भने ऐनमा व्यवस्था भए बमोजिम काठमाडौं उपत्यकाको प्रहरी कर्मचारी पनि बागमती प्रदेश अन्तर्गत नै आउने छ,’ डा.शाक्यले भने, ‘अनि मात्र बागमती प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले प्रहरी प्रशासन सम्बन्धमा गर्ने कार्यको पूर्णता पाउने छ।’

मन्त्री डा.शाक्यले प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ र सो को नियमावली समेत बनिसकेको र प्रदेशमा पनि प्रदेश प्रहरी ऐन बनिसकेको अवस्थामा प्रहरी कर्मचारी समायोजन कार्य तुरुन्त नै संघीय सरकारले अघि बढाउनु पर्नेमा जोड दिएका छन् । ‘अहिले बागमती प्रदेशका तीन जिल्ला ललितपुर भक्तपुर र काठमाडौँ बागमती प्रदेशको आन्तरिक मामिला मन्त्रालयको क्षेत्राधिकार भित्र नहुँदा समस्या भएको छ,’ डा.शाक्यले थपे, ‘प्रहरी कर्मचारी समायोजन नहुँदा बागमती प्रदेश प्रहरीको ७ हजार ९ सय ८९ दरबन्दीमध्ये ५ हजार ४ सय २३ मात्र कार्यरत रहेको अवस्था छ । निकट भविष्यमै यसले गम्भीर अवस्था सिर्जना हुन सक्ने हुनाले अविलम्ब समायोजनको काम अघि बढाउन संघीय सरकारसँग माग गर्दछु।’

मन्त्री डा.शाक्यले आफूले पद बहाली गरे लगत्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले केही महत्वपूर्ण काम अघि बढाएको वताउंदै तुरुन्तै विपद् व्यवस्थापन गर्न, प्राकृतिक प्रकोपहरु न्यूनीकरण गर्दै लैजान र सो सम्बन्धी दीर्घकालीन योजनाहरु बनाउनका लागि सहयोगी होस् भन्ने हेतूले ह्याजर्ड म्यापिङको काम अघि बढाएको बताएका छन्।

त्यस्तै, तत्काल बागमती प्रदेशका १३ जिल्लामा विपद व्यवस्थापनका लागि प्रति जिल्ला नगद १० लाखको बजेट तुरुन्तै निकासा गर्ने कार्यमा मन्त्री डा.शाक्यवाट भएको छ। मन्त्री डा.शाक्यले प्राकृतिक प्रकोपहरु सम्बन्धमा पूर्व सूचनादिने अर्र्ली वार्निङ एप निर्माणको कार्य अघि बढाएको पनि जानकारी दिएका छन् । ‘जसले गर्दा मानवीय र भौतिक क्षति न्यून हुने अपेक्षा गरेका छौँ,’ डा.शाक्यले भने ‘इन्फो वैंक सम्बन्धमा एप निर्माण गरी बागमती प्रदेशका विभिन्न निकाय तथा १ सय १९ वटै स्थानीयतहको सूचनाहरु एउटै वेब पोर्टलबाट थाहा पाउन सक्ने गरी व्यवस्था गर्न लागेका छौँ।’

मन्त्री डा.शाक्यले विभिन्न कानूनहरु अविलम्ब निर्माण गर्नु पर्ने भन्दै त्यसका लागि आवश्यक कार्यको थालनी गरेको, कानुन मस्यौदा समितिको बैठक बसेर आवश्यक कानूनहरु निर्माण गर्न निर्देशन दिएको पनि बताएका छन्। ‘बागमती प्रदेशका ५० ओटा ऐन बनिसकेका छन् भने १ सय २ ओटा कानुन निर्माण भैसकेको छ। करीब ३७ ओटा कानुन बनाउन बाँकी छ,’ डा.शाक्यले भने, ‘त्योसँगै केही कानुन र ऐन पनि बनाउन बाँकी छ । त्यो काममा मेरो ध्यान जाने छ।’

मन्त्री डा. शाक्यले आफ्नो मन्त्रालय अन्तर्गतका एक वर्षमा सम्पन्न गर्नुपर्ने पचास ओटा योजना एक महिना भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको पनि बताएका छन्। ‘लामो सयमदेखि प्रदेश सुरक्षा समितिको बैठक बसेको रहेनछ। मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बैठक राखी शान्ति–सुरक्षा चुस्त–तुरुस्त राख्न निर्देशन दिइसकेको छु,’ मन्त्री डा.शाक्यले बताए, ‘अपराध न्यूनीकरण गर्दै लैजान र चाडपर्वमा हुने चोरी डकैतीको घटनाहरु हुन नदिन सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको छु।’

सायरी र राजनीति
मन्त्री डा.अजयक्रान्ति शाक्य लेखक पनि हुन्। विभिन्न कृति प्रकाशनमा ल्याइसकेका मन्त्री डा.शाक्यको पछिल्लो कृति सायरी हो। जसको नाम म मैनझै पग्लिरहे हो। मन्त्री डा.शाक्यसंग निशान बुढाथोकीले सायरी र राजनीति विषयमा गरेको कुराकानीको सारसंक्षेप–

सायरी भनेको के हो ?
–वास्तवमा भन्ने हो भने म साहित्यकार त होइन, म आफूलाई साहित्य अथाव भनौं भाषाको विज्ञ पनि मान्दिन । साहित्य भनेको मन भित्रका उकुश मुकुश भावनाहरु पोख्ने माध्यम हो ।सायरी भन्नुस् या कथा , कविता जे भन्नुस् ,जुन आफ्नो मन भित्रका भावना पोख्ने माध्यम हो । सायरी पनि त्यही सिलसिलामा आफ्नो मनका सारा भावहरु जुन, दुई लाइनमा अभिव्यक्त गरिने माध्यम नै हो ।

साहित्यका विविध विधा मध्ये अरु कुन कुन विधामा कलम चलाउनु भएको छ ?
–मैले सायरीका साथ साथै कवितामा पनि कलम चलाएको छु । कविता संग्रह पनि चाँडै नै आउँदैछ । सय वटा संग्रह भएको कविता करिब करिब तयारी भइसकेको छ । अहिले समय व्यस्तताका कारण रोकिएको हो । कविताका साथै मुक्तक पनि लेख्ने गरेको छु । उपन्यास पनि लेखेको छु, प्रकाशन गर्न बाँकी छ । मेरो लेख्ने ईच्छा सानै देखि नभएर जब म क्याम्पस जिवनमा प्रवेश गरें, त्यही बेला देखि लेख्ने बानी बसेको हो।मेरो स्वभाव नै लेख्ने भएकोले विविध विधामा कलम चलाउन मन लाग्छ ।

प्रायः मानिसहरुको लेख्ने स्वभाव सानै देखि हुन्छ, यहाँका क्याम्पस जीवन पछि मात्र कसरी बानीको विकास कसरी भयो ?
– मेरो यो लेख्ने बानी पछि मात्र शुरु भयो । त्यसको कारण चाँही जब मैले एस एल सि को जाँच दिए, तब मलाई जिवन दर्शन संग सम्बन्धित किताबहरु, साहित्य संग किताबहरु पढ्न रुचि भयो । विशेष गरी कार्लमाक्सका किताबहरु साथै धर्म दर्शनका किताबहरु, तथा अन्य किताबहरु पढ्दै जाँदा पढ्ने कुरामा झन रुचि भयो । साहित्यमा विशेष रुचि राख्ने भएकोले आफूमा पनि लेख्ने विकास भयो ।

यहाँ त कुशल साहित्यकार पनि हुनुहुन्छ, संगीतका साथै विविध विधामा आवद्ध हुँदा समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
– मानिसहरु समय छैन, भ्याउँदिन भन्ने गर्छन्, तर कुरा त्यस्तो होइन, जहाँ ईच्छा त्यहाँ उपाय भनेको जस्तो समय व्यवस्थापन त आफै गर्ने हो । गफ गरेर समय खेर नफालौं, समय हुँने बित्तिकै रचनात्मक काममा आफूलाई समाहित ग-यो भने समयको व्यवस्थापन गर्न सकिन्छ ।

राजनितिमा पनि सक्रिय रुपमा हुनुहुन्छ, वास्तवमा राजनिति र साहित्यमा कस्तो खालको फरक पाउनु भाछ ?
–राजनिति भनेको देश र जनताको लागि गरिने सेवा भावको काम हो। आफ्नो व्यत्तिगत स्वार्थ भन्दा पनि समाजको लागि गरिने सेवा हो । सामाजिक सेवा गर्ने कार्यकर्ताको रुपमा पनि लिन्छु । साहित्य भनेको आफ्नो मनको भावलाई शब्दको मिठो समिश्रण द्धारा व्यक्त गर्ने भावना हो ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल असोज ९ गते शनिवार ।