काठमाडौ। विशेषत चलचित्रका नायिकाहरुलाई जाडो भन्दा गर्मी नै बढी मन पर्ने गर्दछ। जाडोमा बाक्लो कपडा लगाउनु पर्ने जस्ता विविध कारण उनीहरु जाडोमा भन्दा बढी गर्मी महिनामा खुल्ने गर्दछन्।

जाडोमा भन्दा गर्मीमा पातला कपडा लगाएर को भन्दा को कम भन्दै हट एण्ड ग्ल्यामर्स बन्ने दौडमा उनीहरु हरपल हुने गर्दछन्। यसक्रममा नेपाली चलचित्रकी यतिखेरकी नंबरी नायिका प्रियंका कार्कीले पनि जाडो सकिन लाग्यो र अव गर्मी आउन लागिसक्यो भन्ने संकेत दिन नै हट–ग्ल्यामर्स ड्रेसअप शो गर्न थालेकी छन्।

फागुनको अन्तिम सातामा आएर नायिका कार्कीले आफ्नो इन्स्टाग्राममा यो फोटो अपलोड गरेर गर्मीको संकेत गरेकी छन्। प्रियंकाको यो फोटो हेरेर नेपालमा गर्मीको शुरुवात भएको आभास मिल्न थालेको छ। जवकि, नेपालमा खास गर्मीको शुरुवात बैशाख लागेपछि हुन्छ। प्रियंकालाई एक महिना अगाडि नै गर्मी लागिसकेको छ।

प्रकाशन मिति–२०७४ साल फागुन २२ गते मंगलवार ।