काठमाडौ। एक सय बर्षअघि मृत्युदण्ड दिइएकी अत्यन्त सुन्दरी तथा प्रख्यात एक जासुस महिलाको यतिखेर फेरि चर्चा तथा परिचर्चा चलेको छ।

ती युवीतको नाम मार्गरेट गीर्तोइदा जेले अर्थात् माता हारी हुन्। चर्चा चल्नुको पछाडि अरु धेरै कारण नभइकन उनलाई मृत्युदण्ड दिइनुअगाडि उनले गोली हान्न लागेकी सैनिकलाई फ्लाइङ किस्स गरेर सवैलाई चकित बनाएकी थिइन्।

Jasus women

गोली हान्ने सैनिकलाई पनि हाँसी–हाँसी फ्लाइङ किस्स दिने ती बहादुर अनि चमत्कारिक युवती मार्गरेटको अरु कारण नभइकन त्यही फ्लाइङ किस्सका कारण हुन्। गोली हान्ने सैनिक मार्गरेटको प्रेमी या अरु कोही हो कि भनेर अनुसन्धान गर्दा पनि कोही नभएको बुझिएको छ।

एक सय बर्षअघि उनलाई मृत्युदण्ड दिदा उनको उमेर ४१ बर्षकी थिइन्। उनलाई झण्डै ५० हजार जनाको मृत्युका लागि दोषी ठहर गर्दै फ्रान्सले मृत्युदण्ड दिएको हो।

उनले आफ्नो सौन्दर्यको फाइदा उठाउँदै फ्रान्स र जर्मनीका लागि दोहोरो जासुसी गरेकी थिइन् । उनी प्रख्यात नृत्यांगना थिइन्। पहिलो विश्वयुद्धका क्रममा उनी पेरिसमा नृत्यांगनाका रुपमा प्रख्यात थिइन्। उनको नृत्य हेर्नका लागि सेनाका उच्च तहका अधिकारी तथा ठूला नेताहरुसमेत आउने गर्दथे।यही समयमा उनले एक देशको गोप्य सूचना अर्को देशलाई उपलब्ध गराउने काम थालिन्।

त्यतिबेला जर्मनका राजकुमारसहित कयौं प्रभावशाली व्यक्तित्वसँग उनको सम्बन्ध थियो । उनको विवाह इन्डोनेसियामा तैनाथ नेदरल्याण्डको सेनाका एक अधिकारीसँग भएको थियो । विवाहपछि उनीहरुले केही समय जाभा प्रान्तमा गुजारेका थिए । त्यहाँ पनि उनी एउटा नृत्य समूहमा आवद्ध भइन्।

सोही क्रममा उनले आफ्नो नाम माता हारी राखेकी थिइन् । यत्तिकैमा फ्रान्स सरकारले उनलाई पैसाको बदलामा जासुसी गर्न प्रस्ताव गरेको थियो। प्रथम विश्वयुद्धमा माता हारीकै माध्यमबाट फ्रान्सले जर्मनीको कयौं महत्वपूर्ण सूचना हासिल गरेको थियो । रकम आर्जन गर्ने लालचमा उनले जर्मनीका लागिसमेत जासुसी गर्न थालिन् । एकातिर जर्मनीलाई फ्रान्सको गोप्य सूचना दिने र अर्कोतिर फ्रान्सलाई जर्मनीको गोप्य सूचना दिने दोहोरो भूमिकामा उनी सक्रिय भइन्।

सन् १९१७ मा फ्रान्सको गुप्तचर निकायलाई माता हारीको दोहोरो भूमिकाबारे जानकारी हुनासाथ उनलाई नियन्त्रणमा लियो । फ्रान्सको सेनाले उनीविरुद्ध यथेस्ट प्रमाण पेश गरेको थियो । सोही प्रमाणमा उनलाई ५० हजार जनाको मृत्युको जिम्मेवार ठहर्‍याइएको थियो । १५ सेप्टेम्बर, १९१७ मा उनलाई गोली हानी मृत्युदण्ड दिइयो ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल कात्तिक ५ गते आइतवार ।