Actress Barsha Khadka
Actress Barsha Khadka

लण्डन। लामो समयदेखि नेदरल्याण्डमा बसोबास गर्दै आएकी एक जमानामा नेपालकी चर्चित नायिका वर्षा खडकाले एनआरएन नेदरल्याण्डको उपाध्यक्षमा स्वतन्त्र तर्फबाट आफ्नो उमेद्वारी घोषणा गरेकी छन् ।

नेपालमा पनि महिलाहरुको राजनीतिमा बलियो उपस्थिति बढिरहेको बेला प्रवासमा महिलाको उम्मेदवारीलाई बिशेष अर्थमा हेरिएको छ। महिला हक हित, जन चेतनाबाट महिला स–शक्तिकरणमा लागि पर्ने अठोट लिएकी नायिका खड्काले आफ्नो एनआरएन नेदरल्याण्डको उपाध्यक्षको उम्मेदवारी कुनै राजनीतिक दलसंग आवद्ध नरहेको प्रष्ट पारेकीछन्।

देश बाहिर र भित्र विभिन्न संघ– संस्थासंग काम गरिसकेकी नायिका खड्काको सामाजिक क्षेत्रमा काम गरेको लामो अनुभव छ । आफ्नो जीवनको बाकी समय सामाजिक सेवामा खर्चिने जमर्को गरेकी नायिका खड्काले एनआरएन नेदरल्याण्ड मार्फत अघि बढ्ने संकेत गरेकी छन्।
प्रकाशन मिति–२०७४ साल भाद्र १३ गते मंगलवार ।