Narayan Kaji Shrestha 2काठमाडौ। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई स्वाइन फ्लु भएको छ। नेता श्रेष्ठले आफूलाई स्वाइन फ्लु भएको सामाजिक सञ्जालमार्फत् नै जानकारी गराएका छन्।

विगत ९ दिनदेखि ज्वरोले थलिएका उपाध्यक्ष श्रेष्ठको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र्‍याल परीक्षणपछि स्वाइन फ्लु भएको खुलेको हो।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा सशरीर उपस्थित भएर श्रद्धाञ्जलि व्यक्त गर्न नसकेको भन्दै उनी स्वयंले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्–‘सुशील कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु, स्वाइन फ्लुका कारण म बिरामी परें ।’

चिकित्सकको सल्लाहअनुसार उनी निवासमा नै आराम गरिरहेका छन् । रासस
प्रकाशन मिति–२०७२ साल माघ २६ गते मंगलवार ।