KP Oli 1काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वीचको भद्र सहमतिको बारेमा यतिखेर विवाद चलिरहेको छ। व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गरेको लगतै दाहाललाई सत्ता छाडिदिने विषयमा प्रधानमन्त्री ओलीले गरेको भद्र सहमति तोडेको भन्ने माओवादी केन्द्रले आरोप लगाइरहेको बेलामा प्रधानमन्त्री ओलीले दाहालसंग त्यस्तो कुनै सहमति नभएको भनेका छन्।

काठमाडौमा आयोजित सार्वजनिक संस्थान कर्मचारी संगठनको नवौ महाधिवेशनलाई शुक्रबार संवोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो सहमति भएको कागज कसैसंग भए देखाउन चुनौति दिए। प्रधानमन्त्री ओली अध्यक्ष रहेको एमालेका बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपालतिर लक्षित गरेर ओलीले सरकारको लोकप्रियताको कारण मेरैले कुरा बुझ्न छाडिसकेको अवस्थामा अरुले भन्नु त स्वभाविक हो भन्न चुकेनन्।
प्रकाशन मिति–२०७३ साल जेठ २१ गते शुक्रबार ।