काठमाडौ। नेपाली चलचित्र ‘कालोपोथी’ विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डका लागि छनौट हुन सफल भएको छ। ओस्कारको नेपालमा रहेको विदेशी भाषी छनौट समितिले मीन भामले निर्देशन गरेको यो फिल्मलाई ओस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

kalo-pothi

बक्स अफिसमा सफल यो फिल्मलाई समीक्षकहरुले पनि उत्कृष्ट भनेका थिए। ओस्कारमा जाने क्रममा ‘कालोपोथी’ले अर्को सशक्त चलचित्र ‘पशुपतिप्रसाद’ लाई पछि पारेको हो। छनौट समितिका अनुसार कालोपोथीले ‌ओस्कार अवार्डका लागि विदेशी भाषी विधामा प्रतिस्पर्धा गर्ने भएको छ।

‘कालोपोथी’ ले नेपालमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा आधारित भएर दुईजना बालकको मित्रताको कथा देखाएको छ। ओस्कारले आगामी जनवरी १७ तारिखमा विदेशीभाषी विधाबाट उत्कृष्ट पाँचवटा चलचित्रको मनोनयन गर्ने भएको छ। ओस्कारका अनुसार अन्य सबै विधाको मनोनयन भने २४ जनवरीमा हुनेछ। ओस्कारले अवार्ड २६ फेब्रुअरीमा वितरण गर्ने तालिका रहेको छ।
प्रकाशन मिति–२०७३ साल भदौ २५ गते शनिवार ।