Qatarकाठमाडौ। आतंककारी संगठन र व्यक्तिलाई समर्थन गरेको भनी केही गल्फ राष्ट्रले लगाएको आरोपको संवन्धमा कतारले खण्डन गरेको छ । कतारले इस्लामिक हतियारधारी समूहलाई आश्रय र प्रश्रय दिएको भनी गल्फ क्षेत्रका केही देशले विरोध गर्दै आएका छन्।

कतारले यस्तो समूहलाई समर्थन दिँदै आएको भन्दै साउदी अरेबिया, बहराइन, इजिप्ट र संयुक्त अरब इमिरेट्सले विरोध गर्दै केही दिनअघि एक विज्ञप्ति प्रकाशन गरेका थिए। तर, सो विज्ञप्तिको कतारले खण्डन गरेको एएफपीको समाचारमा उल्लेख रहेको छ । यस्तो आरोपलाई कतारले आधारहिन भनेको छ।

हिजो शुक्रबार कतार सरकारले प्रकाशन गरेको विज्ञप्तिमा यस्तो आरोपलाई आधारहीन र कतारमाथि गरिएको उपेक्षाको संज्ञा दिएको छ । कतारले आतंककारीलाई प्रश्रय दिएको भन्दै यसका ती देशले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए। जसलाई कतारले आफूमाथि गरिएको अन्यायको संज्ञा दिँदै आएको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २७ गते शनिवार ।