Namaste Nepal in Quatar 4काठमाडौ। संपूर्ण छायाँकन युरोपमा भएको एक मात्र नेपाली चलचित्र नमस्ते नेपाल नेपाल र युरोपको प्रदर्शन पश्चात दोहा–कतारमा पनि प्रदर्शन भएको छ। २८ अप्रिल २०१७ शुक्रबारका दिन दोहा स्थित गल्फ होईजन होटलको सभाहलमा प्रदर्शन भएको हो।

व्दारिका उदय प्रोडक्सनको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र नमस्ते नेपालमा १८ देशका कलाकारहरुको अभिनय समेत रहेका छन्। नेपाली संस्कृति बीर गोर्खालीहरुका कथाहरु, सगरमाथाका कुरा, नेपाली ढाका टोपीका कुरा र विदेशमा बसोबास गर्दै आएका नेपालीहरुको कथा व्यथाको सेरोफेरोमा केन्द्रित चलचित्र नमस्ते नेपाल बरिष्ठ निर्देशक राजु शाहको निर्देशनमा तयार भएको हो।

Namaste Nepal in Quatar 1कतारको चर्को गर्मीको प्रवाह नगरि चलचित्र हेर्न दर्शकहरुको बाक्लो उपस्थित रहेको त्यहाँ पुगेका चर्चित हाँस्य अभिनेता गोपाल ढकाल छन्देले भिजन संसारलाई बताएका छन्। चलचित्र नमस्ते नेपालको प्रदर्शनका क्रममा छन्दे र निर्देशक राजु शाह कतार पुगेका हुन्।

दर्शकका साथमा बसेर छन्दे र निर्देशक शाहले चलचित्र नमस्ते नेपाल हेरेका थिए। कार्यक्रममा कतार निवासी कलाकारको साथमा गोपाल ढकाल छन्देले भरपुर मनोरन्जन दिलाएका थिए । निर्देशक शाहले चलचित्र प्रर्दशन पछि कतारमा धेरैले मन पराईदिएकोमा खुसी जनाए ।

Reknown Film Director Mr. Raju Shah
Reknown Film Director Mr. Raju Shah

फिल्म प्रदर्शनमा सहयोग गर्ने रिदम कलाकेन्द्र कतार लगायात सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गरे । नेपाली बजारमा राम्रो व्यापार पाएको चलचित्र नमस्ते नेपालको राजु शाहाको लेखन रहेको छ भने सविन श्रेष्ठ श्याम श्रेष्ठ, गोपाल ढकाल छन्दे ,नरेन्द्र थापा, सनम कुमार बैराग,पार्वती अधिकारी,कमला दाहाल,अन्न कलानडाडेज, अन्जु प्रधान ,म्यूजिका खड्का, बन्ड, इबि जर्ज, लगायतको अभिनय रहेका छन्।

Reknown Comedian Artist of Nepal Mr. Gopal Dhakal Chhande
Reknown Comedian Artist of Nepal Mr. Gopal Dhakal Chhande

साथै चलचित्रमा बसन्त सापकोटा,ओम सुनार र रियाज सिवाकोटीको संगीत, चन्द्र पन्तको दोन्द्ध र राजु शाहको कथा रहेको छ।

प्रकाशन मिति–२०७४ साल बैशाख १६ गते शनिवार ।