काठमाडौ। खेल तिम्रो–खेलाडी पनि तिम्रै अनि जित मेरो भन्ने डाइलग जस्तै बनेको छ–चलचित्र ऐश्वर्य। चलचित्र ऐश्वर्यको यो डाइलग जस्ते चलचित्र ऐश्वर्यले अपत्यारिलो तरीकाले मज्जाले बाजी मारेको छ।

नेपाली चलचित्रका दर्शकहरुको छोटो समयमा नै मन जित्न सफलता प्राप्त गरेको छ। कतिले यो चलचित्रको नाम ऐश्वर्य राख्नुको पछाडि यस चलचित्रको बोल्ड एण्ड ब्युटीफुल नायिका दीपिका प्रसाईकै कारण राखिएको हो भन्ने आंकन गर्ने गरेको पाइएको छ। यो चलचित्र ऐश्वर्य त्यो बोल्ड नायिकाको नाम होइन्। बोल्ड नायिकाको नाम चलचित्र ऐश्वर्यभित्र दीपिका प्रसाई नै रहेको छ।

ऐश्वर्य त ऐश्वर्य बाल आश्रमको नाम हो। त्यही आश्रमको महत्वाकांक्षावाट बनेको बर्तमान अत्यन्त आधुनिक कथावस्तु यस चलचित्रले बोकेको छ। जुन चलचित्रभित्र बोल्ड नायिका दीपिका प्रसाईले निस्फिक्री चुरोट खाएर नायक रमेश उप्रेतीलाई पनि खान उक्साएकी छन्। नायक रमेश उप्रेती भन्दा अत्यन्त आकर्षक देखिएका बोल्ड क्यारेक्टर भिलेन प्रशान्त ताम्राकारको अभिनय निक्कै बोल्ड रहेको छ।

त्यो बोल्ड भिलेनको अगाडि फिक्का देखिएका हिरो रमेश उप्रेतीको बिजनेस युद्धमा कसरी मोडलिङ करियरकी बोल्ड हिरोइन दीपिका प्रसाई युज भएको बोल्ड स्टोरीमा मोटे निर्मल शर्मा र अर्की चुलबुले हिरोइन केकी अधिकारीको ट्वीस्ट फिल्मको स्क्रिप्टको बुमिङ हो।

दिवाकर भट्टराईको निर्देशन रहेको यस चलचित्र समसामयिक नेपाली फिल्महरुभन्दा रिच देखिएको छ। रमेश उप्रेती, अर्जुन श्रेष्ठ तथा निर्मल शर्माको संयुक्त निर्माण रहेको यस चलचित्रमा पुराना ख्यातिप्राप्त अभिनेता अर्जुन श्रेष्ठ, अर्जुनजंग शाही, केशव भट्टराई, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ।

यिनै चलचित्र ऐश्वर्यमा नायिका दीपिका प्रसाईले निस्फिक्री रक्सी तथा चुरोट खानु र मज्जाले पहिलो फिल्ममा नै बिकिनीमा देखिनुलाई धेरैले धेरै अर्थ लगाउने गरेको छ। हुन त दीपिकाले यसप्रकारको सिन प्रारम्भमा दिन अस्वीकार नै गरेको खुलासा पनि भएको छ।

तर, चलचित्र ऐश्वर्यको कथाले नै ती दृश्य स्वभाविक ढंगले मागेको छ। जुन निश्चित भएपछि मज्जाले त्यस्ता दृश्य दिएकी दीपिका यतिखेर पहिलो फिल्मवाटै आफू बोल्ड क्यारेक्टरमा प्रस्तुत हुन सकेकोमा दंगै परेकी छन्।

बोल्ड क्यारेक्टरमा बोल्ड रोल गर्ने चाहना चलचित्र ऐश्वर्यवाट पूरा भएको पनि दीपिकाको भनाई रहेको छ। भारुतीय अभिनेत्री ऐश्वर्य रायजस्तै देखिएकी दीपिका प्रसाईलाई यस फिल्मले निक्कै उचाई प्रदान गरेको छ। साथमा बोल्ड भिलेन कुनैबेलाका ख्यातिप्राप्त मोडल प्रशान्त ताम्राकारलाई निक्कै फाइदा पुगेको छ। हिरो रमेश उप्रेती भन्दा भिलेन प्रशान्त ताम्राकार जमेका छन्। भिलेनकै क्यारेक्टर बोल्ड छ। कथा,क्यारेक्टर,क्याप्चर सवैले सर्वगुण संपन्न फिल्म ऐश्वर्यले सवैको मन जित्न सफलता प्राप्त गरेको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक १४ गते मंगलवार ।