Jyoti Magar 2काठमाडौ। लोकदोहरी गीत गाएर पनि निक्कै नाम तथा दाम कमाउन सकिन्छ भन्ने पछिल्लो उदाहरण गायिका ज्योति मगर बनेकी छन्। ज्योति मगर ढाडे विरालो बोलको गीतमा कामुक अभिनय गरेपश्चात कन्ट्रोभर्सी क्वीन नै बनेकी थिइन्।

ढाडे विरालोको कामुक गीत तथा अभिनय सार्वजनिक भएपछि धेरैको क्रिया तथा प्रतिक्रिया आएपछि छोटो छोटो सारी मेरो हातमा सुनको बाला कुरा काट्ने मरिरहन्छन् मेरो आफ्नै चाला बोलको तीजे गीत गाएर सवैलाई जवाफ फर्काएर थप चर्चा बटुलेकी ज्योतिको प्राय गीतमा कामुकता झल्किने गरेको छ।

Jyoti Magar 3

यौनजन्य दोहोरो शव्दका कारण पनि कन्ट्रोभर्सी बन्ने गरेको पाइएको छ। यसोभएतापनि तन्नेरी देखि बूढासम्मलाई तताउन सफल गायिकाको रुपमा उनलाई लिइने गरेको छ। बर्तमान ट्रेन्डअनुसार गीत गाएको बताउने उनी लोकदोहरी गाएरै पनि पछिल्लोपल्ट मालामाल हुने गायिकाको रुपमा लिइने गरेको छ। गीतको भिडियोमा छोटो लुगा तथा पहिरनमा आफूलाई बोल्ड बनाउन रुचाउने ज्योतिको खुवी रहेको छ। उनले लगाउने छोटा पहिरन र कामुक शैलीको अभिनयले उनी हाल निरन्तर चर्चामा रहेकी छन्।

Jyoti Magar 5

फिटिङ्ग पहिरनमा उन्नत बक्षस्थल प्राय बाहिर निकालुलाजस्तो गरेर प्रस्तुति दिने उनको कलाले दर्शक प्राय भुतुक्कै हुने गरेको पाइएको छ। कुनै सुन्दर बस्तु अवलोकन गर्नु र गराउनु मानिसको अधिकार नै हो भन्ने उनी आफ्नो शरीरको सवैभन्दा आकर्षक पक्ष नै बक्षस्थल अर्थात स्तन नै भएको भन्छिन्। उनी भन्छिन्–“मलाई पनि मेरा स्तन सुन्दर लाग्छन्। मानिसहरु शल्यक्रिया गरेर स्तनलाई आकर्षक बनाउंछन् भन्ने सुनेकी छु । तर, मैले प्राकृतिक रुपमा नै कसिलो स्तन पाएकी छु।”

Jyoti Magar 4

कतिपय कन्सर्ट तथा कार्यक्रमहरुमा ज्योतिलाई हेर्न तथा एकपटक छुनसम्म पाउने आशामा हुने गर्छन्। टुंडिखेलको होलीको कार्यक्रममा दर्शकहरुको भीडले घेरेर माया दर्शाएको त्यो पललाई जीवनभर संझ्ने बताएकी छन्। कोटेश्वरमा भएको ओपन कन्सर्टको भीडभाडमा स्कर्टिङ्गमा जांदासमेत एक दर्शकले आफ्नो स्तन च्याप्पै समाइदिदा लाजले भुतुक्क भएको त्यो क्षणलाई पनि उनले संझेकी छन्। यसको अलावा विभिन्न कार्यक्रमहरुमा उनलाई चुम्वन गर्न खोज्ने तथा उनको ओठ टोक्न खोज्ने क्रेजी दर्शकहरुको सामना उनले पटक पटक गर्दैआएकी छन्। जसलाई उनी सफलताको प्रतिकका रुपमा लिन्छिन्।

Jyoti Magar 1

ज्योतिको गीत–संगीतप्रतिको मोह सानैदेखिको हो। रोल्पाको नुवागाउंस्थित सामान्य परिवारमा जन्मेकी उनी दाङ्गवाट एसएलसी दिएर गीत–संगीतमा करियर बनाउन वि.सं.२०६३ सालमा काठमाडौ आएकी थिइन्।

कुनैबेला नेकपा एमालेको जनसांस्कृतिक मन्चको कलाकार समेत रहेकी उनी काठमाडौ आएर पनि जनसांस्कृतिक मन्चकै कलाकार बनेर जेवी टुहुरेजस्ता कलाकारको प्रस्तुतिमा सहयोगी गायिकाका रुपमा प्रस्तुत हुनेगरेकी थिइन्।

त्यसपछि विभिन्न दोहोरी सांझमा गाउंदा गाउंदै हट लोकदोहरीको करियर बनाउन उनले सफलता पाएकी हुन्। विभिन्न मोडलिङ्ग देखि रेडियो नाटक, सडक नाटक, टेलिफिल्म र चलचित्रमा समेत उनले अभिनय गरेको पाइएको छ।
प्रकाशन मिति–२०७२ साल माघ १७ गते आइतवार ।