Prem Sagar in Kapilbastuकाठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा नेपाल स्वयंसेवी रक्तदाता समाजको कपिलबस्तु शाखा गठन भएको छ। कपिलबस्तुमा आयोजित समारोहमा मन्दिप सिंहको अध्यक्षतामा उक्त शाखा गठन भएको नेपाल स्वयंसेवी रक्तदाता समाजले जनाएको छ।

जसमा उपाध्यक्ष गीता सुवेदी लम्साल, सचिव श्याम प्रसाद सुवेदी, कोषाध्यक्ष गुन्जन कुमार गुप्ता र सदस्यहरुमा दिनेश हमाल, जोखन थारु, सन्दिम लम्साल, रामेन्द्र सिंह रावल, मनोज कुमार केसी, श्रवण कुमार तेली तथा यमुना पन्थी रहेका छन्।

समाजको शाखा विस्तारसंगै रक्तदाताहरुको संजाललाई संगठित बनाएर मुलुकभर निःशुल्क रक्तदान गर्ने र गराउने तथा कुनैपनि विरामी रगत अभावको कारणले मृत्युबरण गर्न नपरोस् भन्ने प्रमुख उदेश्य आफूहरुको रहेको नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका रेकर्डेट रक्तदाता प्रेमसागक कर्माचार्यले कार्यक्रममा बताए।

प्रकाशन मिति–२०७२ साल फागुन ३ गते सोमवार ।