Kamal Thapa.1

काठमाडौ। केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री बनेका पूर्वपञ्चहरुको प्रभावशाली पार्टी राप्रपाका अध्यक्ष कमल थापा दाहाल नेतृत्वको सरकामा फेरि उप-प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले विहीवार मन्त्रीपरिषद विस्तार गरेर थापालाई उक्त जिम्मेवारी दिएका हुन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उप-प्रधानमन्त्री थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छन्। यस्तै विहीवार नै राप्रप्राका तर्फबाट नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीलाई पनि राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ खुवाएकी छन्।

मन्त्रिपरिषदमा केही हेरफेरसमेत गरिएको छ । संस्कृतिमन्त्री जीवनबहादुर शाहीलाई खानेपानी तथा सरसफाइमन्त्री तथा खानेपानीमन्त्री प्रेमबहादुर सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार तोकिएको छ । राप्रपाका तर्फबाट परशुराम तामाङलाई संस्कृति राज्यमन्त्रीको जिम्मा दिइएको छ ।
प्रकाशन मिति–२०७३ साल फागुन २६ गते विहीवार ।