–निशान बुढाथोकी
काठमाडौं। हरेक व्यक्तिको इच्छा, चाहना अनुरुप शारीरिक आकर्षण बढाउने र सकारात्मक परिवर्तन गरी व्यक्ति को व्यक्तित्व विकास गर्ने व्यक्ति नै सफल व्युटीसियन हो भन्दा दुई मत नहोला, सुन्दर देखिन कसलाई पो मन लाग्दैन र?

आजको नवयुग मा हरेक मानिस लाई राम्रो हुन र राम्रो देखिन मन हुन्छ, राम्रो देखिने होडमा हामी जस्तो पायो त्यस्तै हेअर कलर गर्छौ जसले गर्दा राम्रो र लामो कपाल ड्यामेज भएर काट्न बाध्य हुन्छौ !

अब टेन्सन लिनु पर्दैन, यसको लागि घरमै बसी घरेलु तरिकाले अययिच गरेको कपाल अझै राम्रो र आकर्षक बनाउन सकिन्छ, यसको लागि तपाइले आलाश लिन सक्नु हुन्छ, अलशलाई मिक्सचरमा राखी धुलो बनाउनुस् ।

त्यसपछि आफ्नो कपालको लम्वाई अनुसार आलाशको धुलो लाई एउटा बाउलमा राखी त्यसमा दहि, भिटामिन इ, ट्रिटमेन्ट क्रिम थोरै तोरीको तेल राखी घोल्नुहोस, केही समय त्यतिकै छोड्नुस, जसले गर्दा त्यो उबअप पुरै घोल हुन्छ।

 तयार गरिएको प्याक कपाल को जरामा पुग्ने गरी सबतिर लगाउनुस, कपाल मा ३० देखि ४० मिनेट सम्म यत्तिकै छोड्नुस करीब ४० मिनेट पछि सफा पानीले कपाल धुनुहोस र आफुले जुन स्याम्पु प्रयोग गर्दै आउनु भएको छ त्यही स्याम्पुले कपाल नुहाउनुहोस् । तपाईले हप्तामा एक पटक यो हेअर प्याक लगाउंदा कलर गरेको कपाल ड्यामेज हुदैन र काट्नु पर्ने अवस्था पनि आउदैन

याद राख्नुस यदि कपाल कलर गरेर पुरै ड्यामेज भएको छ भने तपाई सिधै अयल मसाज नगर्नुहोस, सिधै अयल मसाज गर्दा कलर गरेर ड्राइ भएको कपाल झन् धेरै ड्राइ हुन्छ। (लेखक सञ्चारकर्मी तथा सौन्दर्यविज्ञ पनि हुनुहुन्छ।)
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल जेठ २२ गते शनिवार ।
………………………………………………