काठमाडौ। अमेरिकाको लामो प्रवासवाट नेपाल फर्केका नायक रमेश उप्रेतीले आफूमा कला भएतापनि गला नभएको भनेका छन्। कला भएतापनि गला नभएकोले मज्जाले गीत गाउन नसकेको यथर्थता बताएका छन्।

Ramesh Upreti 3

काठमाडौमा अष्ट्रेलियामा बसोबास गर्दैआएकी गायिका स्मृति पोखरेलको पपस्टार नामक एल्वमको विमोचन समारोहमा नायक उप्रेतीले आफूमा गायकीय कला भएको भए आफूपनि पपस्टार बन्नेथिए भनेर स्पष्ट पारेका छन्।

अमेरिकावाट नेपाल फर्केयता नेपाली चलचित्रको विकास तथा निर्माण कार्यमा लाग्ने प्रतिवद्धता आफ्नो रहेको बताउंदै नेपाल आएको लगतै चलचित्र ब्रासलेटमा अभिनय गरेको बताए। ब्रासलेटकै प्रचारमा हाल आफू रहेको बताउंदै चाँडै आफ्नै निर्माणमा चलचित्र बनाउन लागेको घोषणा गरेका छन्।

Ramesh Upreti 2

अमेरिकामा रहंदाखेरि देखि नै नायक उप्रेतीले नायिका करिश्मा मानन्धरसंग मिलेर चलचित्र बनाउने भनिएतापनि करिश्मासंग उनको ट्युनिङ्ग नमिलेपछि करिश्मा एक्लैले चलचित्र फागु निर्माण गरेर प्रदर्शन समेत गरिसकेकी छन्। अव उप्रेतीले कहिले चलचित्र बनाउने हुन ? त्यो भने हेर्न बाँकी रहेको छ।
प्रकाशन मिति–२०७२ साल फागुन १२ गते बुधवार ।