Ajaya Deshar Progm 2काठमाडौ। कला र कलाकारिताको उच्च नगरी ललितपुरको पाटन दरबार स्क्वायर स्थित पाटन संग्रहालयमा मगंलवारवाट प्रयास नामक चित्रकला प्रदर्शनी शुरु भएको छ। तीन दिनसम्म चल्ने दशजना महिलाहरुव्दारा सिर्जिन कलात्मक चित्रकला प्रदर्शनीको शुभारम्भ भएको हो। ललितपुर उद्योग–बाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले प्रदर्शनीको शुभारम्भ गरेका हुन्।

Ajaya Deshar Progm 3शुभारम्भ कार्यक्रममा अध्यक्ष श्रेष्ठले महिला लक्षित यसप्रकारको चित्रकला प्रदर्शनीले महिला कलाकारलाई अत्यन्त प्रेरणा दिएको तथा कला र कलाकारिताको शहर ललितपुरको उच्चस्थान राख्न मदत गरेको बताएका छन्।

कार्यक्रममा कवि तथा साहित्यका शाक्य सुरेनले कला र साहित्यको एक–आपसको संवन्धका बारेमा प्रकाश पारेका थिए। साथमा नामी साप्ताहिकका प्रधान सम्पादक नारायण राई तथा भिजन संसारका समाचार सम्पादक श्याम स्मृतले प्रदर्शनीको सफलताको कामना गरेका थिए।

प्रदर्शनीमा सहभागिता जनाउने १० जना महिला कलाकारहरुलाई प्रमाण–पत्र पनि प्रदान गरिएको थियो। आयोजक योङ्ग पिकासो कम्युनिटी आर्ट स्कुलका कार्यकारी निर्देशक तथा प्रसिद्ध कलाकार अजय देसारले कला र कलाकारका बारेमा गहन रुपमा जानकारी दिएका थिए।

Ajaya Deshar Progm 4प्रकाशन मिति–२०७४ साल भाद्र २७ गते मंगलवार ।