Kabindra Calendar.3

काठमाडौ। विगत सात बर्षदेखि निरन्तर प्रकाशित हुंदैआएको प्रसिद्ध फोटोपत्रकार कविन्द्रमान शाक्यको नयाँ बर्ष २०७४ सालको नयाँ क्यालेण्डर नयाँ बर्षकै दिन प्रकाशित भएको छ।

Kabindra Calendar

बृद्धाश्रममा रहेका बृद्ध–बुद्धाहरुको आँखा उपचारमा सहयोगार्थ यो बर्षको क्यालेण्डर प्रकाशित गरेको जानकारी कविन्द्रमान शाक्यले बताएका छन्। क्यालेण्डरको कुनै रकम उल्लेख नगरिएको र क्यालेण्डर लिन चाहनेहरुले आफूखुशी सहयोग गर्न सक्ने पनि शाक्यले भनेका छन्।

नेपालका चर्चित सेलिब्रेटीदेखि नयाँ पुस्ताका अनुहारसमेत रहेको अत्यन्त आकर्षक क्यालेण्डरमा करिश्मा मानन्धर देखि संचिता लुइँटेलसम्मका चित्ताकर्षक तस्वीर रहेका छन्।

Kabindra Calendar.1प्रकाशन मिति–२०७४ साल बैशाख १ गते शुक्रबार ।