Congressi Kalakar 2

काठमाडौ। नेपाली कांग्रेसको १३ औं महाधिवेशनवाट नयाँ नेतृत्व चयनको क्रममा आइतवार दिनभर भएको मतदान कार्यक्रममा नेपाली कांग्रेस समर्थक नेपाली चलचित्रका कलाकारहरुलाई पनि भ्याइँनभ्याइँ भएको थियो। उनीहरुले खुलेरै नेपाली कांग्रेसका युवा नेता गगन थापा देखि पूर्वसूचना तथा संचार मन्त्री डा.मिनेन्द्र रिजालसम्मको तस्वीर बोकेर मतदाताहरु समक्ष मत मागेका थिए।

Congressi Kalakar 4

त्यसरी मतदान केन्द्रमा मत माग्ने प्रचार–प्रसार कार्यक्रममा कलाकारहरुको अगुवाई संचारकर्मी प्रकाश सुवेदीको देखिएको थियो। साथमा अर्का संचारकर्मी तथा चलचित्र निर्देशक सुरेश दर्पण पोखरेल पनि रहेका थिए। खुलेर मत माग्ने क्रममा दुई नायिका रुपा राना, मेलिना मानन्धर देखि मनोज केसीसम्म सक्रिय बनेका थिए। आफ्नो पक्षमा नायिकाहरुले मत माग्दैगर्दा पूर्वमन्त्री डा.मिनेन्द्र रिजाल दंगै परेका थिए।

Congressi Kalakar 1प्रकाशन मिति–२०७२ साल फागुन २३ गते आइतवार ।